अन्तर्राष्ट्रिय खेल बागमती प्रदेश

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् ।


राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे सुनमायाले अक्टोबर १९ तारिखमा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी थिइन् । ६० किलोमिटर दुरीको रेस सुनमायाले पाँच घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।


अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ मा भएको साइगु १०० केमा जितिन् । सुनमायाले निर्धारित १०५ किलोमिटर दुरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जनाएकी छन् दुई प्रतियोगितासहित सुनमायाले यो वर्ष ९ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् । बाँकी सात रेसमध्ये सुनमाया तीनमा पहिलो तथा एकमा तेस्रो स्थानमा रहिन् ।
अध्यक्ष कुँवरले सुनमायाको सफलता र साहसको प्रशंसा गर्दै चाँडै नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *