अन्तर्राष्ट्रिय प्रदेश खबर बारा मधेस प्रदेश

बाराको गढीमाई मेलामा सञ्चालित कृषि प्रदर्शनी मेला सकिएको छ ।

महागढीमाई नगरपालिकामा १८-२४ मंसिरसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गरेको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।

उनका अनुसार कृषि प्रदर्शनीमा १० करोड बराबरको कृषि उपकरणहरू बुकिङ भएको छ । कृषि सम्बन्धी हेभी इक्विपमेन्ट, ट्याक्टर लगायत कृषि उपकरणहरू बुकिङ भएको लामिछानेले बताइन् ।

पालिकाहरूले आ-आफ्नो क्षेत्रमा हुने स्थानीय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवा प्रवर्द्धनका लागि प्रदर्शनीमा स्टलहरू राखेका थिए ।

साथै सातै प्रदेशका सात फरक परिकार, कृषिमा आधुनिक प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, विभिन्न कम्पनीका कृषि उपकरणहरू प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँग किसानले प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका थिए भने रोबोटसँगको कुराकानी पनि विशेष आकर्षण बनेको लामिछानेले जानकारी दिइन् ।

प्रदर्शनीमा कृषि सम्बन्धी विभिन्न १०० वटा स्टलहरु राखिएका थिए ।

कृषि प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए भने समापन महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गरेका हुन्

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });