बारा

कोल्हवी–५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, शम्भु प्रसाद चौधरीको नेतृत्वमा १३ सदस्यीय समिति गठन

कोल्हवी, बारा । नेपाली कांग्रेस कोल्हवी नगरपालिका–५ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शम्भु प्रसाद चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट उपसभापतिमा पुरुषतर्फ रामहरी आचार्य र महिलातर्फ नन्दा देवी चौधरी चयन भएका छन्। सचिवमा ब्रम्हनारायण थारु, सह–सचिवमा उमाकान्त चौधरी तथा कोषाध्यक्षमा मिना देवी महतो चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यमा अनिल विश्वकर्मा, कृष्णबहादुर मल्ल ठकुरी, हरिबहादुर पौडेल, शिवप्रसाद खतिवडा, अछेलाल राउत, कमला दाहाल र दशैं महरा चयन भएका छन्।

अधिवेशनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिहरूसमेत चयन गरेको छ। क्षेत्रीय प्रतिनिधिमा शम्भु प्रसाद चौधरी, नन्दा देवी चौधरी, मिना देवी महतो, कमला दाहाल, अनिल विश्वकर्मा, उमाकान्त चौधरी, दशैं महरा, सूर्यबहादुर बस्नेत, कृष्णबहादुर मल्ल ठकुरी, हरिबहादुर पौडेल, ब्रम्हनारायण थारु, जय नारायण सिंह, रामहरी आचार्य, बालेश्वर चौधरी, अछेलाल राउत, माधव प्रसाद अधिकारी, अनेश्वर चौधरी, बलराम अधिकारी, रविन्द्र चौधरी, राजेश्वर थापा, शोभालाल चौधरी र दिपक कार्की चयन भएका छन्।

अधिवेशनमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले वडा तहमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै आगामी राजनीतिक गतिविधिमा सक्रिय र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित कार्यसमितिले स्थानीय तहमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });