बारा मधेस प्रदेश

चन्दन स्वर्णाकरको टिमबाट बिक्रम यादव मैदानमा, महागढीमाई–६ मा वडा अध्यक्षको चर्चा

सुरज बिक्रम,

महागढीमाई, बारा ।
बाराको महागढीमाई नगरपालिका वडा नं. ६ मा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक तथा सामाजिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा स्थानीय युवा नेता तथा समाजसेवी बिक्रम यादव वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको आकांक्षा प्रस्तुत गर्दै जनतामाझ सक्रिय हुनुभएको छ।

‘जनताको सेवा नै मेरो लक्ष्य’ भन्ने मूल नाराका साथ अघि बढ्नुभएका यादवले ‘समृद्ध महागढीमाई, सुखी वडा, समृद्ध जनता’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्नुभएको छ।

यादव चर्चित युवा नेता तथा समाजसेवी चन्दन स्वर्णाकरका समर्थकका रूपमा समेत परिचित हुनुहुन्छ। स्वर्णाकरको टिममा रहेर यादवले विभिन्न सामाजिक सेवा, जनसरोकारका अभियान तथा समुदायसँग जोडिएका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको बताइएको छ।

स्थानीयस्तरमा जनताको समस्या नजिकबाट बुझ्दै आएका यादवले वडाको विकास र जनताको सेवा आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ। उहाँले गाउँ–बस्तीका वास्तविक समस्या पहिचान गरी समाधान गर्ने, शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकता दिने, सडक, खानेपानीलगायत पूर्वाधार विकास गर्ने, भ्रष्टाचार तथा दलाली प्रवृत्तिको अन्त्य गर्दै पारदर्शी सेवा प्रवाह गर्ने र युवालाई अवसर प्रदान गर्ने विषयलाई आफ्नो प्रमुख योजनामा राख्नुभएको छ।

‘हाम्रो वडा, हाम्रो जिम्मेवारी–समृद्ध वडा, सुखी महागढीमाई’ भन्ने सोचका साथ यादव पछिल्लो समय वडाका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयसँग भेटघाट र छलफलमा सक्रिय देखिनुभएको छ। जनताका समस्या, आवश्यकता र अपेक्षा बुझेर आगामी दिनमा त्यसैअनुसार विकासका योजना अघि बढाउने उहाँको भनाइ छ।

समाजसेवी चन्दन स्वर्णाकरको टिमसँग सहकार्य गर्दै सामाजिक काममा सक्रिय रहँदै आएका यादवले युवालाई विकास र सामाजिक अभियानमा जोड्नुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार वडाको नेतृत्व भनेको पद प्राप्त गर्ने विषय मात्र नभई जनताको सुख–दुःखमा साथ दिने जिम्मेवारी पनि हो।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा महागढीमाई–६ मा सम्भावित उम्मेदवारको चर्चा बढिरहेको छ। यसैबीच युवा पुस्तामाझ सक्रिय रहेका बिक्रम यादवको उम्मेदवारी चर्चाले समेत स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

यादवले आफू व्यक्तिगत स्वार्थभन्दा जनताको सेवा, वडाको विकास र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभएको छ। आगामी निर्वाचनमा उहाँको उम्मेदवारीले वडा नं. ६ को स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने निर्वाचनसँगै थप स्पष्ट हुँदै जानेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });