महामारीको घडीमा पराजित तर जिम्मेवार: निजगढ र कोल्हवीका दुई युवाको उदाहरणीय सेवा
लगातारको वर्षा पछि देशले यत्रो महामारी भोग्यो, जनताको काम गर्छु भनेर पदमा पुगेका हरु उदासीन गैरजिम्मेवार देखिए तर कोल्हवी नगरपालिका र निजगढ नगरपालिकामा गत स्थानीय चुनावमा पराजित दुई युवा भने आफुले सकेको जिम्मेवारी पूरा गर्न लागे।
निजगढ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा पराजित रविराज दंगालले निजगढ ८ खयरघारी घर भई मकवानपुर को सिस्नेरीमा फुटबल एकेडेमीमा पहिरोमा परी ज्यान गुमाएका विकल रेग्मीको पार्थिव शरीर ३ दिन देखि काठमाडौंको अस्पतालमा कुरेर आज हेलिकप्टर बाट हेटौंडा हुँदै निजगढ ल्याए, साथै कोल्हवी नगरमा गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित अमृत कुमार जीआर नगरपालिका भरी बाढी प्रभावित क्षेत्रमा अवलोकनमा निस्किएर ठाउँ ठाँउमा पुगेर यस दुखद घडीमा म तपाईं आम नागरिकको साथमा छु भनेर आत्मिय पन झल्काए ।
यो सबै काम जनताले आफ्नो भोट दिए जिताएर पदमा पुगेका जनप्रतिनिधि हरुको थियो तर उनिहरु आफ्नो कर्तव्य बाट विमुख भए । आज निजगढ र कोल्हवी नगरपालिका का जनताहरुले यस्ता मनकारी व्यक्ति लाई पराजित गर्नु अविसाप सावित भएको छ।





