कोल्हवी २ पुरानोकाटाँमा हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु
बाराको कोल्हविमा जङ्गली हात्तिको आक्रमणबाट एकजनाको ज्यान गएको छ।
हात्तिको आक्रमणमा परि कोल्हवी नगरपालिका वडा न.२ पुरानो काँटा बस्ने अन्दाजि बर्ष ६३ का हस्तबहादुर थोकरको ज्यान गएको हो।
थोकरलाई आज बिहान (सोमवार) घाँस काट्न जंगल गएको बेला हात्तिले आक्रमण गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि प्रवक्ता सापकोटाले बताए।





