गढिमाई मेलास्थलबाट २ थान पेस्तोलसहित पक्राउ
बाराको गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार साँझ बलरा नगरपालिका–६, मिर्जापुर बस्ने अन्दाजी १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित बारा प्रहरीले पक्राउ गरेको हो ।
गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो ।





