बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्।
बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्।
प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो।
पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण स्वास्थ्यलाभ गरि उनी अध्ययनमा फर्किएकी उनका मामा जगतबहादुर न्यौपानेले बताएका छन्।
उनलाई फेरि स्वास्थ्यमा समस्या आएपछी परिक्षण गर्दा पुनः रगतको क्यान्सर देखिएको चिकित्सकलाई उधृत गर्दै न्यौपानेले बताए।
उनको अहिले काठमाडौको बानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलको सघन उपचार कक्षमा उपचार भैरहेको छ।
उनलाई बोन म्यारो ट्रान्स्प्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका छन्।
ट्रान्सप्लान्ट्का लागी ३५ देखि ४० लाख रुपैयाँ सम्म खर्च लाग्ने अस्पतालले बताएपछी न्यून आर्थिक अवस्थाकी सिसमको उपचारमा समस्या भएको परिवारजनले बताएका छन्।
पढाईमा निकै अब्बल रहेकी उनको जीवन रक्षाका लागी परिवारजनले सबैसँग अनुरोध गरेका छन्।
सिसमको उपचारमा सहयोग गर्न चाहनेहरुले उनको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२९०१०००१०२४४०१० मा वा उनको मोबाईल नम्बर ९८६५१२८९४५ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।





