बारामा चट्याङ लागेर एक जनाको मृत्यु
बारा, ०५ वैशाख । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले चट्याङ लागेर उनको मृत्यु भएको पुष्टि गरेका छन्।
स्थानीय क्षेत्रमा वर्षायामसँगै चट्याङको जोखिम बढ्दै गएको भन्दै सतर्क रहन समेत आग्रह गरिएको छ।







