प्रदेश खबर बारा मधेस प्रदेश

थानेश्वर पहाडी संयोजकमा कोल्हबी नगर तदर्थ समिति गठन, वडा तहसम्म संगठन विस्तारको तयारी

कोल्हबी नगरपालिकामा संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यले थानेश्वर पहाडीको नेतृत्वमा नगर तदर्थ समिति गठन गरिएको छ। बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) माननीय गणेश धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ समिति घोषणा गरिएको हो।

गठित समितिको संयोजकमा थानेश्वर पहाडी चयन भएका छन्। पहाडी लामो समयदेखि कोल्हबी क्षेत्रमा संगठन निर्माण, जनसम्पर्क विस्तार र स्थानीय मुद्दामा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा चिनिन्छन्। उनको नेतृत्वमा अब नगरभित्र संगठनलाई थप मजबुत बनाइने अपेक्षा गरिएको छ।

समितिका सदस्यहरूमा मनोज चौधरी, भरत रुम्बा, सारिफ देवान, देवकी राम, नन्दु चौधरी, मुकेश मुखिया तथा सुनिता चौधरी रहेका छन्।

नवगठित समितिले अब कोल्हबी नगरपालिकाका सबै वडामा संगठन विस्तार गर्दै वडा समिति गठन गर्ने जिम्मेवारी पाएको जनाइएको छ। नगरस्तरको समन्वयमा सक्षम र सक्रिय नेतृत्व चयन गर्दै वडा तहसम्म संगठन विस्तार गरिने बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) माननीय गणेश धिमालले थानेश्वर पहाडीको नेतृत्वमा कोल्हबीमा संगठनले नयाँ गति लिने विश्वास व्यक्त गर्दै जनतासँग प्रत्यक्ष जोडिने अभियानलाई अगाडि बढाउन आग्रह गरेका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *