बारा मधेस प्रदेश

सहमति बिना बनेको RAT खारेज, गुटबन्दी र पार्टीविरोधी गतिविधिविरुद्ध रास्वपा कोल्हवीको कडा एक्सन

सुरज बिक्रम,कोल्हवी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिले पुरानो RAT संयोजकलाई हटाउँदै नयाँ ११ सदस्यीय RAT समिति गठन गरेको छ। कोल्हवी नगरपालिका–१ मनकामना स्थित रोजउड होटलमा शनिबार आयोजित कार्यक्रममा नगर समितिले नयाँ RAT टिम सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ RAT समिति गठन कार्यक्रममा रास्वपा कोल्हवी नगर समितिका पदाधिकारीसहित नगर समितिको सम्पूर्ण टिम तथा ११ वटै वडाका सभापतिहरूको सहभागिता रहेको थियो। पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले नयाँ समिति गठन गरिएको नगर समितिले जनाएको छ।

नगर समितिका अनुसार यसअघि RAT संयोजक सहमति तथा व्यवस्थित प्रक्रियाबिना नै तोकिएको थियो। त्यसका कारण संगठनभित्र असन्तुष्टि तथा विभिन्न समस्या देखिएको भन्दै यसपटक भने पार्टीको आन्तरिक सहमति र छलफलबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको हो।

रास्वपा कोल्हवी नगर समितिका उपाध्यक्ष जितन चौधरीले नयाँ RAT समिति गठन गर्दा सबै पक्षलाई समेटेर सहमतिका आधारमा निर्णय गरिएको बताए। उनका अनुसार विगतमा देखिएका कमजोरीलाई सुधार गर्दै संगठनलाई थप मजबुत बनाउन नयाँ टिमले सक्रिय भूमिका निर्वाह गर्नेछ।

यसैबीच, रास्वपा कोल्हवी नगर सभापति थानेस्वर पहाडीले यसअघि RAT संयोजक रहेका सरिफ राना भाटलाई संगठन निर्माणमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको तथा संगठनभित्र गुटबन्दी बढाएको आरोप लगाउँदै जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

सभापति पहाडीका अनुसार राना भाटको कार्यकालमा पार्टी संगठन विस्तार तथा निर्माणमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको र संगठनभित्र गुटबन्दी तथा पार्टीको नीति र सिद्धान्तविपरीतका गतिविधि बढ्दै गएको गुनासो आएको थियो। त्यसलाई ध्यानमा राख्दै नगर समितिले नयाँ ढंगबाट RAT टिम गठन गर्ने निर्णय गरेको उनले बताए।

पहाडीले पार्टीभित्र बसेर पार्टीको सिद्धान्त, नीति र अनुशासनविपरीत गतिविधि गर्ने जोसुकै भए पनि कारबाही गरिने चेतावनीसमेत दिएका छन्। उनले पार्टीमा व्यक्ति ठूलो नभई संगठन, विधि, विधान र सिद्धान्त ठूलो हुने भन्दै गलत गतिविधिमा संलग्न हुनेलाई पद वा जिम्मेवारीका आधारमा छुट नदिने स्पष्ट पारे।

उनले आफू पनि पार्टीको अनुशासनभन्दा माथि नरहेको उल्लेख गर्दै आवश्यक परे आफूलाई समेत कारबाहीको दायराबाट बाहिर नराख्ने बताए। पार्टीलाई कुनै व्यक्ति वा गुटको प्रभावमा नभई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्ने उनको भनाइ थियो।

नयाँ RAT टिमको संयोजकमा मुकेश मुखिया बिन चयन भएका छन्। सदस्यहरूमा उमेश चौधरी, सागर श्रेष्ठ, सन्तोष कुमार चौधरी, दिप चौधरी, नन्देस्वर चौधरी, सुमित चौधरी, निरज चौधरी, शिव चौधरी, अर्विन्द मुखिया र रदिप शाह चयन भएका छन्।

नगर समितिले नयाँ RAT टिमले आगामी दिनमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई वडा तहसम्म थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

नयाँ समिति गठनसँगै रास्वपा कोल्हवी नगर समितिले संगठनभित्र देखिएका कमजोरी, गुटबन्दी तथा असन्तुष्टिलाई व्यवस्थापन गर्दै नयाँ ढंगबाट अघि बढ्ने संकेत दिएको छ। नयाँ RAT टिमको कार्यसम्पादनले आगामी दिनमा कोल्हवीमा पार्टी संगठन कति प्रभावकारी रूपमा अघि बढ्छ भन्ने विषयलाई पनि महत्वका साथ हेरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });