बारा मधेस प्रदेश

जता फाइदा, उतै राजनीति?’ दल बदल्नेहरूमाथि सुनवारको कडा सवाल

कोल्हवी, बारा ।
‘समृद्ध कोल्हवी, मेरो कोल्हवी — मलाई मेरै कोल्हवीको चिन्ता छ’ भन्दै युवा व्यवसायी तथा समाजसेवी रमेश सुनवारले सामाजिक सञ्जालमार्फत कोल्हवीको वर्तमान अवस्था र भविष्यलाई लिएर आफ्नो चिन्ता तथा आक्रोश सार्वजनिक गरेका छन्।

राजनीतिप्रति आफूलाई खासै रुचि नभएको उल्लेख गर्दै सुनवारले पछिल्लो समय भने कोल्हवीको समग्र विकास र भविष्यप्रति गम्भीर चासो बढेको बताएका छन्। उनले कोल्हवीको विकासका लागि राजनीतिक नेतृत्व, स्थानीय नागरिक तथा सरोकारवाला पक्षले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सुनवारले व्यक्तिगत स्वार्थका लागि राजनीतिक दल परिवर्तन गर्ने र विभिन्न किसिमका राजनीतिक गतिविधिमा सक्रिय हुने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, “मलाई खासै राजनीति मनपर्ने विषय त होइन ! तर पनि पछिल्लो समय कोल्हवीको समग्र विकास र कोल्हवीको भविष्यप्रति चासो र चिन्ता अवश्य लागेको छ।”

कोल्हवीको विकासको विषयलाई केवल राजनीतिक नारामा सीमित गर्न नहुने धारणा राख्दै उनले व्यक्तिगत स्वार्थ र सार्वजनिक हितबीचको अन्तरबारे बहस आवश्यक रहेको बताएका छन्।

सुनवारले सामाजिक सञ्जालमार्फत नै प्रश्न गरेका छन्, “अनेकौँ व्यक्तिगत स्वार्थ बोकेर विभिन्न दल बदल्नेहरू नै सलबलाइरहेका छन्। के आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि जस्तोसुकै टिकडम, हतकण्डा अपनाउनेहरूले समाज र देशको स्वार्थमा काम गर्लान् त ?”

उनको यो अभिव्यक्तिले कोल्हवीको स्थानीय राजनीतिमा व्यक्तिगत स्वार्थ, राजनीतिक निष्ठा र सार्वजनिक जिम्मेवारीको विषयलाई बहसमा ल्याएको छ। यद्यपि उनले आफ्नो अभिव्यक्तिमा कुनै व्यक्ति वा दलको नाम उल्लेख गरेका छैनन्।

सुनवारले कोल्हवीको विकासका लागि सबै पक्षबीच खुला बहस हुनुपर्ने बताएका छन्। राजनीतिक आस्था वा दलगत आबद्धताभन्दा माथि उठेर कोल्हवीको दीर्घकालीन हितलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा देखिन्छ।

उनको भनाइमा कोल्हवीको भविष्य केवल राजनीतिक नेतृत्वको विषय मात्र नभई यहाँका नागरिक, व्यवसायी, युवा, समाजसेवी र समग्र समुदायको साझा सरोकार हो। त्यसैले विकासका विषयमा प्रश्न उठाउने, नेतृत्वसँग जवाफ माग्ने र आवश्यक ठाउँमा सुझाव दिने वातावरण निर्माण हुनुपर्ने उनले संकेत गरेका छन्।

सामाजिक सञ्जालमा आएको उनको अभिव्यक्तिपछि कोल्हवीमा राजनीतिक नेतृत्वको भूमिका र विकासको एजेन्डाबारे बहस थप चर्किन सक्ने देखिएको छ। विशेषगरी विभिन्न समयमा राजनीतिक दल तथा नेतृत्व परिवर्तन गर्दै सार्वजनिक जीवनमा सक्रिय हुने व्यक्तिहरूको प्राथमिकता व्यक्तिगत राजनीतिक स्वार्थ हो कि सार्वजनिक हित भन्ने प्रश्न सुनवारले उठाएका छन्।

‘समृद्ध कोल्हवी, मेरो कोल्हवी’ भन्ने नारालाई व्यवहारमै कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नसमेत उनको अभिव्यक्तिले उठाएको छ। कोल्हवीको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग तथा स्थानीय पूर्वाधारका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयस्तरमा चर्चा हुँदै आएको छ।

सुनवारले अन्ततः “आउनुस्, खुल्ला बहस गरौँ” भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अब उनको प्रश्नले कोल्हवीमा नयाँ बहस जन्माएको छ—व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कोल्हवीको विकास र समृद्धिका लागि नेतृत्वले कस्तो भूमिका खेल्नुपर्छ ?

‘समृद्ध कोल्हवी’ नारामा मात्रै सीमित हुने कि व्यवहारमै अनुभूति हुने विकासमा रूपान्तरण हुने—यसको जवाफ अब राजनीतिक नेतृत्वसँगै कोल्हवीवासीले पनि खोज्नुपर्ने देखिन्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });