Home Articles posted by Suresh Bikram (Page 9)
अर्थ कर्णाली प्रदेश कोल्हवी नगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवीका कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेकी चेलिको उद्दार

नेपाल घर जाजरकोटकि धनमाया सिंह वैदेशिक रोजगारीको सिलसिलामा एकमहिना अगाडि कुवेत आएकी थिइन् उनिलाइ दलालीले दुबईको भिजिट भिसामा ल्याइ कुवेतमा घरायसी कामकोलागी बेचेको त्यो कुरो उनिले पत्तै पाइनन तर केही समय पछि उहाँ बेचिएको थाहा भएपछी उहाँको मानसिक सन्तुलन राम्रो हुन छाडिसकेको थियो त्यसैमा काम
अर्थ प्रदेश खबर बागमती प्रदेश

एकीकृत हटिया ग्रुपद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

एकीकृत हटिया ग्रुपले मकवानपुर जिल्लाको बागमती र बकैयाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ । सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका युवाहरुले खाद्यान्नसहित लत्ताकपडा लिएर गतहप्ताको अविरल वर्षात्बाट पीडित भएका बागमती र बकैया गाउँपालिकामा पुगेका थिए । उनीहरुले बकैया गाउँपालिका ४१ र बागमती गाउँपालिकाका १३ घरधुरीलाई करिब चार लाख रुपैयाँ बराबरको सामग्री जनप्रतिनिधिमार्फत्
खेल प्रदेश खबर बारा मधेस प्रदेश

भेट्रान प्रतियोगिता खेल्दै गरेका गोलरक्षकको मृत्यु

जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई ५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन् । थारु ११ र वीरगन्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले […]
प्रदेश खबर मधेस प्रदेश सर्लाही

सर्लाहीमा घरबाटै हराएकी एक बृद्वा जंगलमा सकुशल भेटीएकि छिन।

सर्लाहि जिल्ला को हरिवन नगरपालिका-१, मा गत शनिबार राति घरबाट हराएर बेपत्ता भएकी ८७ बर्षिया सुनमाया लो आज (मंगलबार) बिहान सकुशल भेटीएकि हुन्। मध्यराति घरको सुतेकै कोठाबाट हराएपछि परिवारका सदस्यले खोजि गरिदिन भनि इलाका प्रहरी कार्यालय हरिवनमा निबेदन दिएका थिए। सोहि निवेदनका आधारमा खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा आज बिहान बृद्वालाई सोहि वडाको वेलन्दी डाँडास्थित […]
अर्थ कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

बाराको गतिविधि को अभियान पिउस तामाङ लाई दिउ नयाँ जीवन दान

बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं..१७ जैतापुर निवासी राष्ट्र शेवक नेपाल प्रहरीमा कार्यरत लाल बहादुर तामाङ्ग को छोरा पिउस तामाङ्ग विगत ६ महिना बाट बोन म्यारो रोग बाट पिडित भई  काठमाडौं लगायत विभिन्न अस्पताल मा उपचारको  क्रम मा उक्त रोग पुष्ठि भई सो रोग को सल्यक्रिया नेपालमा सम्भाव नभई दिल्ली मा रहेको फोरिस्ट अस्पताल गुरगाउँमा उपचार […]
मधेस प्रदेश रौतहट

लालबकैया नदीमा शव फेला

रौतहट स्थित लालबकैया एक पुरुषको शव फेला परेको छ। जिल्लाको कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा […]
प्रदेश खबर बारा मधेस प्रदेश

जितपुरसिमरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा पूर्व वडा सदस्यको मृत्यु

बाराको पथलैयामा शुक्रबार राती बसले मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का पूर्व वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा १६ टांगियाबस्तीका अम्बर बहादुर घिसिङ रहेका छन् । घिसिङ २०७४ सालको स्थानीय तह निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको नगर कमिटी सदस्य समेत हुन् । पथलैयाबाट टांगियाबस्तीतर्फ जाने क्रममा […]
Uncategorized

कोल्हवीका अच्युत मैनाली बने बेरुजु फर्छ्योट समिति को अध्यक्ष

सरकारले सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु फर्छ्योट गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयका अनुसार सार्वजनिक लेखा लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा सो समिति गठन गरिएको हो । मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सो समिति गठन गरिएको हो । ऐनको दफा ४२ को उपदफा १ बमोजिम हुने गरी समिति गठन […]
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

पसाहा खोलाको पुल बाडीले बगायो।

केही दिन अगाडी आएको अविरल वर्षा पछिको वाडीले ढलानको लागि ठिक पारिएको पुल बगाएको छ।बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा र करैयामाई गाउँपालिकामा पर्ने मधुवन सडक खण्डमा निर्माणाधीन पुल पसाहा खोलामा आएको वाडीले बगाएको हो । दशै अघि ढलान गर्ने गरि सो पुलको निर्माण कार्य अघि बढेको थियो। पुल बगाए संगै अहिले सम्म खर्च भएको […]
बारा मधेस प्रदेश

बाराको गढीमाई मन्दिर दर्शन गर्न जानेहरुका लागि कलैयाबाट ओम विनायकको निःशुल्क बस सेवा

बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ । गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो । ओम विनायक बसले कलैयाचोकबाट गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । कलैयाको भरतचोकबाट गढीमाइ मन्दिरसम्म […]