Home Articles posted by Suresh Bikram (Page 12)
मधेस प्रदेश

रौतहटको कटहरियामा हराएका तीन विद्यार्थी दुई दिनपछि गौरमा सकुशल भेटिए, बैरगनिया घुम्न गएको खुलासा

रौतहटको कटहरिया क्षेत्रमा एकैपटक सम्पर्कविहीन भएका तीन जना विद्यालयका विद्यार्थी अन्ततः सकुशल अवस्थामा फेला परेका छन्। घटनाले दुई दिनसम्म स्थानीय समुदाय, अभिभावक र प्रहरी प्रशासनलाई गम्भीर चिन्तामा पारेको थियो। कटहरिया नगरपालिका–५ निवासी १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२
मधेस प्रदेश

“रौतहटमा तीन विद्यार्थी रहस्यमय रूपमा सम्पर्कविहीन दिल्ली जाने योजना थियो ? प्रहरीको गम्भीर अनुसन्धान सुरु”

कटहरिया नगरपालिका क्षेत्र यतिबेला तीन जना बालक अचानक बेपत्ता भएपछि तनावग्रस्त बनेको छ। एउटै विद्यालय र एउटै कक्षामा अध्ययनरत तीन विद्यार्थी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवार, स्थानीयवासी र प्रहरी प्रशासन चिन्तित बनेका छन्। कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकिल अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका […]
राष्ट्रिय

“एकै पटक दुई चुनाव” तयारीमा निर्वाचन आयोग — २०८४ मा स्थानीय तह र प्रदेशसभा निर्वाचन सँगै गराउने प्रस्ताव

सुरज विक्रम , काठमाडौं — निर्वाचन आयोग ले आगामी २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचन एउटै चरणमा सम्पन्न गर्ने प्रस्ताव राजनीतिक दलहरूसमक्ष अघि सारेको छ। राज्यको खर्च घटाउने, सुरक्षा तथा जनशक्ति व्यवस्थापनलाई सहज बनाउने र निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोगले यस्तो अवधारणा प्रस्तुत गरेको हो। मंगलबार दलहरूसँग भएको छलफलमा आयोगका कार्यवाहक
बारा

“TikTok, राजनीति र अनुगमनहीनताले धराशायी कोल्हबीको सामुदायिक शिक्षा — दयनीय SEE नतिजापछि प्रअ, शिक्षक, व्यवस्थापन समितिदेखि मेयर र शिक्षा शाखासम्म नैतिकताको आधारमा राजीनामाको बहस”

कोल्हबी नगर क्षेत्रका केही सामुदायिक विद्यालयहरूको यस वर्षको SEE नतिजा अत्यन्त कमजोर आएपछि अहिले विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, व्यवस्थापन समिति मात्रै होइन, स्वयं नगरपालिकाको भूमिका माथिसमेत गम्भीर प्रश्न उठ्न थालेको छ। लगातार खस्कँदो शैक्षिक अवस्था र न्यून उत्तीर्ण प्रतिशतले अभिभावक तथा स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीय सरोकारवालाहरूका अनुसार विद्यालयमा
बारा

बाराको कोल्हबीमा सरकारी विद्यालय फिक्का, हिमचुली एकेडेमी चम्कियो — SEE मा १००% नतिजासहित निजी विद्यालयको दबदबा

बारा जिल्लाको कोल्हबी नगरपालिका–४ सपहीस्थित हिमचुली एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा ल्याउँदै नगरकै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ। पछिल्लो समय कोल्हबी क्षेत्रको समग्र शैक्षिक स्तरलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका बेला हिमचुली एकेडेमीले उत्कृष्ट नतिजा निकालेर आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गरेको स्थानीयको भनाइ छ।
प्रदेश खबर बारा मधेस प्रदेश

चार सांसदको दबाबपछि रास्वपाले विघटन गर्‍यो बारा जिल्ला समिति ? चन्दन स्वर्णकारमाथि केन्द्रित घेराबन्दीको चर्चा तीव्र

सुरज विक्रम , बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। साथै, बारामा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाउने […]
बारा

“शून्यबाट रास्वपाको जग बसाल्ने चन्दन स्वर्णकारमाथि नै किन बढ्दैछ दबाब ?”

सुरज विक्रम, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकार यतिबेला पार्टीभित्रको राजनीतिक दबाबको केन्द्रमा पुगेका छन्। तर उनीमाथि उठाइएका प्रश्नसँगै एउटा अर्को बहस पनि तीव्र बनेको छ — “बारा जिल्लामा रास्वपाको संगठन निर्माण गर्ने व्यक्ति आखिर को ?” स्थानीय कार्यकर्ताहरूका अनुसार बारा जिल्लामा रास्वपाको नामसमेत खासै नचिनिएको समयमा गाउँ–गाउँ
बारा

कोल्हवी–११ रामपुरवाको सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको आरोप, संरक्षण र व्यवस्थापनको माग

सुरज विक्रम कोल्हवी, बारा । कोल्हवी नगरपालिका–११ रामपुरवामा रहेको करिब २ बिघा ८ कठ्ठा सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सार्वजनिक प्रयोजनका लागि छुट्याइएको उक्त ऐलानी जमिन संरक्षण गर्न तथा अतिक्रमित क्षेत्र खाली गराउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका हुन्। स्थानीयका अनुसार आर्थिक वर्ष २०८२ सालदेखि सो क्षेत्रमा करिब ५०
बारा

“हिजो सफाइको भाषण, आज बजारभरि फोहोर”

कोल्हवी उद्योग वाणिज्य संघको घोषणा कागजमै सीमित, व्यवस्थापनमाथि गम्भीर प्रश्न ✍️ सुरज बिक्रम, कोल्हवी कोल्हवी नगर उद्योग वाणिज्य संघले बजार क्षेत्रको फोहोर व्यवस्थापन कडाइका साथ लागू गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै कोल्हवी बजार पुनः फोहोरले अस्तव्यस्त बनेको छ। संघले हिजो मात्रै सार्वजनिक सूचना जारी गर्दै बजारलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको थियो।
बारा

कोल्हबी नगरपालिका–२ मा वडा तह समिति गठन, थानेश्वर पहाडीको नेतृत्वमा संगठन विस्तार अभियान तीव्र

सुरज विक्रम , बारा । कोल्हबी नगरपालिका वडा नं. २ मा स्थानीय स्तरको वडा तह समिति गठन गरिएको छ। कोल्हबी नगर संयोजक थानेश्वर पहाडीको नेतृत्वमा सम्पन्न उक्त बैठकले विभिन्न पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको निर्णय पुस्तिकामा उल्लेख गरिएको छ। समितिको संयोजकमा श्री सन्तोष चौधरी चयन भएका छन् भने उप–संयोजकमा देवी प्रसाद मैनाली चयन […]