Home Articles posted by Suresh Bikram (Page 7)
प्रदेश खबर बारा मधेस प्रदेश

गणेश धिमाल केन्द्रित बजेट वितरणमा प्रश्न : दीर्घकालीन योजना बेवास्ता गरेको आरोप चर्कियो

सुरज बिक्रम, जेठ २९ । बाराबाट निर्वाचित चारै संघीय सांसदहरूले विकासका ठूला र दीर्घकालीन योजनाभन्दा साना–साना योजनामा बजेट विभाजन गरी राजनीतिक लाभ लिने तथा कार्यकर्ता पोस्ने काममा केन्द्रित भएको आरोप स्थानीयवासीले लगाएका छन्। बारा क्षेत्र नं. १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का सांसद चन्दन
प्रदेश खबर बारा मधेस प्रदेश

घाँस नै नपुरिने गरी ग्रावेल !

कोल्हबी–३ को जुगवा–प्रसौना सडक योजनामाथि स्थानीयको प्रश्न सुरज बिक्रम, बारा ।कोल्हबी नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको जुगवा–प्रसौना सडक स्तरोन्नति योजना अहिले विवादमा तानिएको छ। प्रदेश सरकारको बजेटबाट सञ्चालित उक्त सडकमा न्यून गुणस्तरको काम भएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। स्थानीयका अनुसार सडकमा हालिएको ग्रावेल अत्यन्तै कम भएकाले सडक सतह पूर्ण
प्रदेश खबर बारा मधेस प्रदेश

करैयामाईमा जेठ ३१ देखि गोल्डकप

सुरज बिक्रम ,कोल्हवि । बारा जिल्लाको करैयामाई गाउँपालिका खेलकुदमय बन्ने तयारीमा रहेको छ । युवाहरूलाई खेलमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजना हुन लागेको “तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेलकुदको विकाससँगै स्थानीय प्रतिभालाई अवसर
प्रदेश खबर बारा मधेस प्रदेश

वन जोगाउने अभियानका अगुवा : हेमन्त साह

रौतहट, जेठ २७ ।वन संरक्षण केवल सरकारी दायित्व मात्र होइन, वातावरण, भविष्य र पुस्तासँग जोडिएको संवेदनशील जिम्मेवारी पनि हो। यही जिम्मेवारीलाई इमानदारी र सक्रियतासाथ निर्वाह गर्दै आएका छन् रौतहटका डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह। उनी अहिले रौतहटमा वन प्रशासनलाई प्रभावकारी बनाउने, अवैध गतिविधिमाथि नियन्त्रण गर्ने र वन क्षेत्रलाई पुनः हरियालीतर्फ फर्काउने अभियानका सफल
प्रदेश खबर बारा मधेस प्रदेश

अस्पतालको भेन्टिलेटरमै रहेकी आमाको सम्पत्ति नामसारी गरेको आरोप : कोल्हबी–८ मा रुद्र बजगाईं विवाद चर्कियो

बारा । कोल्हबी नगरपालिका वडा नं. ८ मा सम्पत्ति नामसारीलाई लिएर गम्भीर पारिवारिक तथा स्थानीय विवाद सार्वजनिक भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष रुद्र बजगाईंमाथि आफ्नी आमालाई अस्पतालको भेन्टिलेटरमा रहेका बेला जग्गा–जमिन आफ्नो नाममा पास गराएको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार बजगाईंले आमाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको समयमा कानुनी तथा कागजी प्रक्रिया […]
प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवी नगरपालिकामा खर्च अनियमितताको आरोप मर्मत र इन्धनमा लाखौं खर्च, कांग्रेससहित विभिन्न संस्थालाई कार्यविधिविनै आर्थिक सहयोग

सुरज बिक्रम ,कोल्हवि । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले कोल्हवी नगरपालिकाको आर्थिक अनुशासन र खर्च व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकाले सवारी साधन मर्मत–सम्भारदेखि इन्धन खर्चसम्म लाखौं रुपैयाँ खर्च गरेको भए पनि त्यसको स्पष्ट अभिलेख, मापदण्ड र खर्चको औचित्य पुष्टि गर्ने आधार पर्याप्त नरहेको उल्लेख
प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवी नगरपालिकामा बेरुजुको चाङ : ८८ करोड नाघ्यो, आर्थिक सुशासनमाथि गम्भीर प्रश्न

बारा, २६ जेठ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले कोल्हवी नगरपालिकाको आर्थिक प्रशासन, खर्च व्यवस्थापन र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकामा वर्षौंदेखि थुप्रिँदै आएको बेरुजु रकम घट्नुको सट्टा झन् बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षमा मात्रै ३ करोड ३८ लाखभन्दा बढी नयाँ बेरुजु थपिएपछि
प्रदेश खबर बारा मधेस प्रदेश

योग्य नेतृत्व चयन नगरे मधेसको समृद्धि सम्भव छैन : सञ्चारकर्मी सिमोन न्यौपाने

योग्य नेतृत्व चयन नगरे मधेसको समृद्धि सम्भव छैन : सञ्चारकर्मी सिमोन न्यौपाने बारा । सञ्चारकर्मी, अन्तर्राष्ट्रिय स्तरका लाइफ कोच तथा वैदेशिक रोजगार एवं श्रम विज्ञ सिमोन न्यौपानेले तराई–मधेस क्षेत्र नेपालको आर्थिक, कृषि तथा श्रमशक्तिको मुख्य आधार भएकाले स्थानीय सरकारमा योग्य, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। तराई–मधेसमा स्थानीय सरकार चयनसम्बन्धी आफ्नो
प्रदेश खबर बारा मधेस प्रदेश राष्ट्रिय

मधेश अधिवेशन रोकियो : पर्सामा चयन भएको नेतृत्व अब वैधानिक कि अवैधानिक ?

काठमाडौं/पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएपछि पर्सामा सम्पन्न भइसकेको अधिवेशनको वैधानिकता र आगामी प्रक्रियाबारे समेत अन्योल बढेको छ। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्ने निर्णय गरेपछि प्रदेशभर पार्टीभित्र नयाँ बहस सुरु
प्रदेश खबर बारा मधेस प्रदेश

सुशासनको नारा दिने रास्वपामा विवादित अनुहार, डा. उप्रेतीले सिम्रौनगढमा खुवाए सपथ

सिम्रौनगढ (बारा)। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको सिम्रौनगढमा आयोजित नगर समिति गठन कार्यक्रममा विवादको घेरामा परेको छ। वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक डा. द्वारिकाप्रसाद उप्रेतीले नवगठित नगर समितिका पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएपछि पार्टीको