कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ मा सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएको भवन निजी व्यापारीद्वारा मकै भण्डारण (गोदाम) का रूपमा प्रयोग भइरहेको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद बढ्दै गएको छ। स्थानीयवासीहरूले जनताको करबाट निर्माण गरिएको संरचना समुदायको हितका लागि प्रयोग हुनुपर्नेमा
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले सञ्चारमाध्यमप्रति विभेदकारी नीति अवलम्बन गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै विवादित निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। महासंघको केन्द्रीय आन्दोलन कार्यक्रमअन्तर्गत बारा शाखाले उपाध्यक्ष प्रीयन्का दासको
कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका–८ बेल्वा बजारमा रहेको श्री परोपकार सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित तीन दिने वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेडको सहयोगमा सञ्चालन गरिएको उक्त तालिमको तेस्रो समूहको समापन कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। तालिममा स्थानीय महिला तथा सर्वसाधारणको उल्लेख्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला भित्र कलैया उपमहानगरपालिका अधिवेशनलाई लिएर विवाद चर्किएको छ । अधिवेशन सम्पन्न भई विजयी उम्मेदवारको घोषणा र शपथग्रहणसमेत भइसकेपछि पुनः उपनिर्वाचन गराइएको भन्दै पार्टी कार्यकर्ताले त्यसको खारेजीको माग गरेका छन् । कार्यकर्ताहरूले पार्टी नेतृत्वमाथि विधानविपरीत निर्णय गरेको आरोप लगाउँदै लोकतान्त्रिक प्रक्रियामाथि
सुरज बिक्रम, कोल्हबी ।नेकपा (एमाले) कोल्हबीभित्र अवसर वितरणमा पक्षपात, व्यक्तिगत स्वार्थ र पहुँचको राजनीति हावी भएको भन्दै कार्यकर्ताहरू खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्। लामो समयदेखि पार्टी संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पाखा लगाएर सीमित व्यक्तिलाई मात्रै अवसर र संरक्षण दिइएको आरोपले अहिले एमाले कोल्हबीभित्रको आन्तरिक असन्तोष सतहमा आएको छ। स्थानीय
बारा, कोल्हबी । कोल्हबी बजार क्षेत्रमा व्यवसायीहरूले सडक नै अवरुद्ध गरी मकै तथा धान लोड–अनलोड गरिरहँदा सर्वसाधारणले दिनहुँ सास्ती भोग्न बाध्य भएका छन्। मुख्य सडकमै हुने अव्यवस्थित गतिविधिका कारण यातायात प्रभावित हुनुका साथै आज बिरामी बोकेको एम्बुलेन्ससमेत जाममा फसेपछि अवस्था थप गम्भीर बनेको छ। तर समस्या समाधान गर्नुको सट्टा कोल्हबी नगरउद्योग वाणिज्य संघ, कोल्हबी नगरपालिका,
बारा । वीरगन्जस्थित प्रभु हस्पिटलले “घरदैलोमा डाक्टर” अभियानअन्तर्गत बाराको कोल्हवी नगरपालिका वडा नं. ८ मा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। अस्पतालसम्म सहज पहुँच नपुगेका विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. शाश्वत साहले बिरामीहरूको हाडजोर्नीसम्बन्धी विस्तृत परीक्षण गर्नुका साथै
बारा, कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ८ अन्तर्गत बेल्वा बजार तथा आसपासका क्षेत्रका स्थानीयवासी विगत १५ दिनदेखि लगातार विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुँदा चरम समस्यामा परेका छन्। अत्यधिक गर्मी र उकुसमुकुसपूर्ण मौसमका बीच यति लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन नै अस्तव्यस्त बनेको भन्दै स्थानीयले नेपाल विद्युत प्राधिकरण, स्थानीय प्रशासन तथा सम्बन्धित […]
सुरज बिक्रम,, कोल्हबी । ५४औँ विश्व वातावरण दिवसको अवसर पारेर कोल्हबी नगरपालिका–१, कोल्हबीमा मुख्य कार्यालय रहेको मधेस प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा परिचित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र कोल्हबी, सपही माध्यमिक विद्यालय तथा नयाँबस्तीस्थित
बारा । आदर्श कोतवाल गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशनलाई लिएर बारा क्षेत्र नं. १ का माननीय गणेश धिमालमाथि अधिवेशन प्रक्रिया नै प्रभावित पार्दै “कब्जा” गरेको, संगठनात्मक संरचनामै हस्तक्षेप गरेको तथा आन्तरिक शक्ति सन्तुलन भत्काउने गरी गतिविधि गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको उक्त आरोपपछि
















