अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

बाराको कोल्हबी क्षेत्रमा जंगली हात्तीको आतंक, किसानका खेतबारीमा व्यापक क्षति — माननीय गणेश धिमालद्वारा स्थलगत अनुगमन

बाराको कोल्हबी आसपासका जङ्गल क्षेत्र र मानव बस्तीहरूमा पछिल्ला केही दिनदेखि जंगली हात्तीको आक्रमण बढ्दै गएको छ। हात्तीले जङ्गल छेउछाउका बस्ती तथा किसानका खेतबारीमा प्रवेश गरी बालीनालीमा ठूलो क्षति पुर्‍याएको स्थानीयहरूले बताएका छन्।

सोही अवस्थाको स्थलगत अवलोकन गर्दै माननीय गणेश धिमालले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। अवलोकनका क्रममा उनले स्थानीयवासीसँग छलफल गर्दै क्षतिको विवरण बुझेका थिए।

माननीय धिमालले सम्बन्धित निकायको प्रमुखको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल नियन्त्रण तथा दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

जंगली हात्तीको निरन्तर आवागमनका कारण स्थानीय किसानहरू त्रसित बनेका छन् भने बालीनाली नष्ट हुँदा उनीहरू आर्थिक रूपमा समेत प्रभावित भएका छन्। स्थानीयले स्थायी समाधानको माग गर्दै सम्बन्धित निकायको तत्काल हस्तक्षेपको अपेक्षा गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *