अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

मालपोत र नापी सेवा विस्तारका लागि गणेश धिमालद्वारा स्थानीय तहलाई ध्यानाकर्षण

बारा–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमाल ले बारा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई मालपोत र नापी सेवा कार्यालय स्थापना तथा सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका छन्।

धिमालले निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका तथा आदर्शकोतवाल गाउँपालिका का प्रमुख तथा उपप्रमुखहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सूचनाअनुसार आवश्यक प्रक्रियागत तयारी गरी समयमै मन्त्रालयमा पत्राचार गर्न आग्रह गरेका हुन्।

उनले नागरिकलाई सहज, छिटोछरितो र नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले मालपोत तथा नापी सेवाको पहुँच विस्तार आवश्यक रहेको बताएका छन्। स्थानीय तहहरूले समयमै समन्वय गरी आवश्यक कागजी प्रक्रिया पूरा गरे सेवाग्राहीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *