थानेश्वर पहाडीको नेतृत्वमा रास्वपा कोल्हबी–८ मा वडा समिति गठन, प्रकाश कुँवर संयोजक चयन
सुरज विक्रम , बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै कोल्हबी नगरपालिका वडा नं. ८ मा नयाँ वडा समिति गठन गरेको छ।
कोल्हबी नगर संयोजक थानेश्वर पहाडीको नेतृत्वमा सम्पन्न वडा भेलाले प्रकाश कुँवरको संयोजकत्वमा ११ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यक्रममा स्थानीय युवाहरू, पार्टी समर्थक तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवगठित समितिको उपसंयोजकमा माया कार्की चयन भएकी छन् भने सदस्यहरूमा रिना पाण्डे, अजय दोङ, राजकुमार चौधरी, विनय पासवान, जितेन्द्र कुसुवार, बिनिता चौधरी, ईश्वर श्रेष्ठ, शान्ता प्रसाद सापकोटा र पूर्ण बस्नेत रहेका छन्।
भेलालाई सम्बोधन गर्दै नगर संयोजक थानेश्वर पहाडीले रास्वपाले वैकल्पिक राजनीतिक अभ्यासलाई गाउँ–टोलसम्म विस्तार गर्दै जनताको विश्वास जित्ने अभियानलाई तीव्र बनाइरहेको बताए। उनले युवाहरूको सक्रिय सहभागिताले पार्टी संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
नवगठित वडा समितिले वडा तहमा पार्टी संगठनलाई सुदृढ बनाउने, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने तथा रास्वपाको नीति, विचार र अभियानलाई घरघरमा पुर्याउने प्रतिबद्धता जनाएको छ।
रास्वपाले पछिल्लो समय कोल्हबी क्षेत्रमा संगठन विस्तारलाई तीव्रता दिँदै वडा तहसम्म नयाँ नेतृत्व निर्माण र युवाहरूको सहभागिता बढाउने अभियान सञ्चालन गर्दै आएको छ।







