बारा मधेस प्रदेश

पाँच वर्षको सफल यात्रा पार गर्दै छैटौँ वर्षमा कोल्हवी न्युज

कोल्हवी, बारा। बाराको कोल्हवीबाट सञ्चालन हुँदै आएको अनलाइन सञ्चारमाध्यम कोल्हवी न्युजले पाँच वर्षको सफल यात्रा पूरा गर्दै औपचारिक रूपमा छैटौँ वर्षमा प्रवेश गरेको छ।

स्थापनाकालदेखि नै स्थानीय जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने समाचार, विकास निर्माण, शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक गतिविधि तथा जनचासोका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएको कोल्हवी न्युजले आफ्नो वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।

कोल्हवी न्युजका सञ्चालक अषेश ढुङ्गानाले पाँच वर्षको यात्रामा प्राप्त विश्वास, साथ र सहयोग नै संस्थाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझ विश्वसनीय, निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध रहने बताएका छन्।

उनले भने, “हामीमाथि विश्वास गर्दै निरन्तर साथ दिनुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक र सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनमा अझ गुणस्तरीय र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै जनउत्तरदायी सञ्चारमाध्यमका रूपमा अघि बढ्ने हाम्रो प्रतिबद्धता रहनेछ।”

कोल्हवी न्युजले स्थानीय समुदायका आवाजलाई सशक्त रूपमा उठाउँदै जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि समाचारको विश्वसनीयता, गुणस्तर र व्यावसायिकतालाई थप मजबुत बनाउँदै पाठकको विश्वासलाई अझ सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा कोल्हवी न्युजले आगामी यात्रामा पनि सम्पूर्ण पाठक, सरोकारवाला, विज्ञापनदाता तथा शुभेच्छुकबाट निरन्तर साथ, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *