बारा मधेस प्रदेश

रवि लामिछानेको सम्मानमा हातमै खोपाए रवि र घन्टीको ट्याटु, शुबास राज भारति बने ‘बिग फ्यान’

जितपुर–सिमरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रतिको सम्मान र समर्थन जनाउने फरक शैली अपनाउँदै जितपुर–सिमरा उपमहानगरपालिका–१८ निवासी शुबास राज भारतिले आफ्नो हातमा रवि लामिछानेको तस्बिरसहित रास्वपाको चुनाव चिह्न घन्टीको ट्याटु खोपाएका छन्।

रवि लामिछानेका आफू ठूलो प्रशंसक रहेको बताउने भारतीले लामिछानेप्रतिको आफ्नो समर्थनलाई फरक र स्थायी रूपमा प्रस्तुत गर्न हातमा रविको तस्बिर र घन्टीको ट्याटु खोपाएको बताएका छन्।

भारतीका अनुसार उनले रवि लामिछानेको जन्मदिनलाई लक्षित गर्दै उक्त ट्याटु बनाएका हुन्। आफ्नो मनमा रहेको सम्मान र समर्थनलाई सामाजिक सञ्जालमा पोस्ट गरेर मात्र नभई शरीरमै ट्याटुका रूपमा अंकित गर्ने निर्णय गरेको उनको भनाइ छ।

उनको हातमा खोपिएको ट्याटुमा रवि लामिछानेको तस्बिरसँगै घन्टीको प्रतीक स्पष्ट रूपमा देखिन्छ। राजनीतिक दल वा नेताप्रति आफ्नो समर्थन देखाउन विभिन्न शैली अपनाउने गरिएको भए पनि शरीरमै नेताको तस्बिर र पार्टीको चुनाव चिह्न खोपाउने भारतीको शैली भने केही फरक देखिएको छ।

भारतीले रवि लामिछानेले उठाउँदै आएका राजनीतिक तथा सामाजिक विषयबाट आफू प्रभावित भएको बताएका छन्। लामिछानेप्रतिको आफ्नो विश्वास र समर्थनकै कारण उनको तस्बिर तथा रास्वपाको चुनाव चिह्नलाई ट्याटुका रूपमा रोजेको उनले बताए।

पछिल्लो समय सामाजिक सञ्जालदेखि सार्वजनिक गतिविधिसम्म राजनीतिक समर्थन व्यक्त गर्ने शैलीमा परिवर्तन देखिँदै आएको छ। कतिपय समर्थकले नेता तथा दलको पक्षमा नारा, पोस्टर र सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका छन् भने केहीले आफ्नो समर्थनलाई ट्याटु तथा अन्य व्यक्तिगत शैलीमार्फत समेत प्रस्तुत गर्न थालेका छन्।

जितपुर–सिमरा–१८ का शुबास राज भारतिको यो कदम पनि रवि लामिछानेप्रतिको त्यस्तै फरक शैलीको समर्थनका रूपमा देखिएको छ। उनले हातमा रवि लामिछानेको तस्बिर र घन्टीको ट्याटु खोपाएर आफू रवि लामिछानेको ‘बिग फ्यान’ भएको सन्देश दिएका छन्।

भारतीका लागि यो ट्याटु केवल शरीरमा कोरिएको चित्र नभई आफूले समर्थन गर्दै आएको नेता र राजनीतिक प्रतीकप्रतिको व्यक्तिगत सम्मान र भावनाको अभिव्यक्ति भएको बताएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });