अर्थ प्रदेश खबर मधेस प्रदेश

एकै राति ७ घरमा चोरी, करैयामाई गाउँपालिका ठुलो लौतन टोल त्रसित

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ४ स्थित ठुलो लौतन टोलमा एकै राति ७ जनाको घरमा चोरी भएको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन्।

प्राप्त जानकारीअनुसार मुनिलाल साह, जगरनाथ साह, देबिर चौधरी, राजेश चौधरी, बुधन हजार, सिताई हजरा लगायतका घरहरूमा चोरी भएको हो। चोर समूहले नगद, गरगहना, लुगा कपडा लगायतका सामान लुटेको बताइएको छ।

एकै रातिमा यति धेरै घरमा चोरी हुनु स्थानीय सुरक्षाको गम्भीर चुनौतीका रूपमा हेरिएको छ। घटनापछि गाउँमा त्रास फैलिएको छ भने स्थानीयवासीले सुरक्षाको माग गरेका छन्।

स्थानीयहरूले सम्बन्धित सुरक्षा निकायसँग घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न तथा गाउँमा सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।

साथै, शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन स्थानीयलाई आग्रह गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *