कलैया कारागारको सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचनाः रास्वपा बाराद्वारा प्रशासनलाई धन्यवाद
बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले उठाएको विषयको ४८ घन्टा भित्रै कलैया कारागार क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ।

उक्त कार्यप्रति खुशी व्यक्त गर्दै रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारले प्रशासनको तत्परताको प्रशंसा गरेका छन्। उनले सार्वजनिक सरोकारको विषयमा छिटो निर्णय गर्दै कदम चालेकोमा जिल्ला प्रशासन कार्यालय बारालाई धन्यवाद व्यक्त गरेका हुन्।
सभापति स्वर्णकारले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै यस्ता कदमले सुशासन र कानुनी राज्यको प्रत्याभूति गराउने विश्वास व्यक्त गरे।



