प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवी विकासका लागि मधेश सरकारसँग समन्वय बढाइँदै

कोल्हवी नगरपालिकाको समग्र विकासलाई गति दिने लक्ष्यसहित मधेश प्रदेश सरकारसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नगर प्रमुख रामप्रसाद चौधरी, सपही कलेजका अध्यक्ष ढुण्डिराज उप्रेती तथा पूर्व माननीय अच्युत मैनालीको सहभागिता रहेको थियो।

छलफलका क्रममा नगरभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवाको विस्तार, खानेपानी व्यवस्थापन, सडक स्तरोन्नति तथा रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकताका साथ उठाइएको जनाइएको छ।

सहभागीहरूले कोल्हवी क्षेत्रमा देखिएका दीर्घकालीन समस्याहरू समाधान गर्न प्रदेश सरकारसँग मजबुत सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। नगर प्रमुख चौधरीले प्रदेशको बजेट तथा योजनामा कोल्हवीलाई प्राथमिकता दिन आग्रह गर्दै अधुरा योजनाहरू सम्पन्न गर्न सहयोग आवश्यक रहेको बताए।

त्यसैगरी सपही कलेजका अध्यक्ष उप्रेतीले नगरको समृद्धि शिक्षासँग जोडिएको उल्लेख गर्दै कलेज तथा प्राविधिक शिक्षामा थप लगानी गर्नुपर्ने धारणा राखे।

पूर्व माननीय मैनालीले विकास निर्माणका कार्यहरू पारदर्शी, उत्तरदायी र दीगो सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

छलफलपछि कोल्हवीको समृद्धिका लागि मधेश प्रदेश सरकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाउने र प्राथमिकतामा रहेका योजनाहरू कार्यान्वयनतर्फ अघि बढाउने सहमति भएको जनाइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *