बारा मधेस प्रदेश

बोधवनमा जङ्गबहादुर शाहको नयाँ सुरुवात, ‘R&R माछा रिसोर्ट’ सञ्चालनमा

कोल्हवी, बारा ।
बारा जिल्लाको कोल्हवी नगरपालिका–५ स्थित माछा गाउँ बोधवनमा पर्यटन प्रवर्द्धन तथा स्थानीय मौलिक खानपानको प्रचार–प्रसार गर्ने उद्देश्यले ‘R&R माछा रिसोर्ट’ सञ्चालनमा आएको छ।

“प्रकृति, माछा र रमाइलो एकै ठाउँमा” भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको रिसोर्टले माछा गाउँ बोधवनको प्राकृतिक वातावरणसँगै स्थानीय स्वाद र मौलिक परिकारको अनुभव पर्यटकलाई गराउने लक्ष्य लिएको जनाएको छ।

रिसोर्टमा माछाका विभिन्न स्वादिष्ट परिकारसँगै स्थानीय समुदायमा प्रचलित मौलिक खानाका परिकारसमेत उपलब्ध गराइएको छ। विशेषगरी घोंघी, अण्डा, बगुटो, डोका लगायतका स्थानीय स्वादका परिकार यहाँ पाइने सञ्चालक पक्षले जनाएको छ। घरायसी वातावरणमा आफ्नै परिवारका सदस्यले पकाएजस्तै स्वाद, सरसफाइ र गुणस्तरीय खानालाई प्राथमिकता दिइएको बताइएको छ।

स्थानीय प्राकृतिक सौन्दर्यको अवलोकनसँगै स्थानीय परिकारको स्वाद लिन चाहने आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो। बोधवन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयस्तरबाट भइरहेका प्रयासमा रिसोर्टको सञ्चालनले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रिसोर्टका प्रोप्राइटर जिउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष तथा संस्थापक जंगबहादुर साह हुन्। माछा व्यवसायसँग लामो समयदेखि जोडिएका साहले माछा व्यवसायसँगै स्थानीय पर्यटन र रोजगारीको सम्भावनालाई समेत अघि बढाउने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको बताइएको छ।

स्थानीय उत्पादन, स्थानीय परिकार र प्राकृतिक वातावरणलाई एउटै स्थानमा जोडेर व्यवसाय सञ्चालन गरिएकाले यसले बोधवन क्षेत्रको पर्यटन गतिविधि विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा उत्पादित माछा तथा अन्य कृषि सामग्रीको खपत बढाउन र स्थानीय व्यवसायी तथा रोजगारी सिर्जनामा समेत रिसोर्टले भूमिका खेल्ने विश्वास गरिएको छ।

बोधवन क्षेत्रमा घुम्न आउने पर्यटकका लागि स्थानीय स्वादको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजनासहित रिसोर्टलाई थप व्यवस्थित बनाउँदै लैजाने सञ्चालक पक्षले जनाएको छ।

‘R&R माछा रिसोर्ट’ सम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि ९७००५३६३०६ मा सम्पर्क गर्न सकिनेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });