कोल्हवी नगरपालिका खेल बारा मधेस प्रदेश वडा नं ३

कोल्हबी ३ जुअवामा ८ गते देखि फुटबल प्रतियोगिता हुदै

जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप  खुल्ला  नकाउट फुटबल प्रतियोगिता  २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार  सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।  क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हबी न पा कि उपमेयर लक्ष्मी कुमारी चौधरी ,विशिष्ट  अतिथिहरुमा कोल्हबी न पा वाड न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी ,नगर उधोग बाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मी प्रसाद जयसवाल, तरुण दलको क्षेत्रीय सभापति ओम प्रकाश चौधरी , साना  किसान कृषि सहकारी सहकारी सस्था लिमिटेड सपहीका मुख्य प्रबन्धक अरुण चौधरी , सस्थाका संमरक्षक प्रेमनारायण चौधरी , तामागढी होस्पिटल कोल्हबीका संचालक बिबेक थारु वडा सदस्य रामदयाल चौधरी लगाएतको उपस्थिति रहेको थियो । प्रथम समृद्ध कप प्रतियोगिता कार्तिक ८ गते देखि शुरु भइ   कार्तिक २० गते फाइनल खेल हुने छ । प्रतियोगिताको अनुमानित बजेट  चार लाख एक हजार रहेको र यस प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रतियोगिताको मुख्य सहयोगी कोल्हबी नगरपालिका वडा न ३ को कार्यालय रहेको छ । त्यस्तै सहयोगी सस्थाहरुमा शान्ति बृद्धा फाउन्डेसन कोल्हबी ,गोपाल प्रगतिशील क्लब जुअवा, मिडिया पार्टनर रेडियो पातालगङा १०६.१ मे. ह. कोल्हबी ,कोल्हबी न्युज डट कम ,रेडियो कोल्हबी र मेडिकल पार्टनरमा तामागढी हस्पिटल कोल्हबी रहेको छ । खेलको समुदघाटन कार्तिक ८ गते दिउँसो १.३० बजे जुअवा खेल मैदान हुने छ ।
साभार रेडियो पातालगंगा

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *