खेल प्रदेश खबर

हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो

हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङ प्रथम भएको हो ।

प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ ।

प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरूलाई हेटौँडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

शुक्रबारदेखि हेटौँडा १७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा कूल ४० विधामा १८ टोलीका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए । कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, हेटौँडाका विभिन्न वडाहरूसहित संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });