नेकपा एमाले पार्टी कोल्हबीका कार्यकर्ताहरुको गतिविधिले बदनाम हुँदै
नेकपा एमाले पार्टी कोल्हबीका कार्यकर्ताहरुको गतिविधिले बदनाम हुँदै गएको छ । जो जति बदनाम त्यो ब्याक्ती त्यति नै एमाले कोल्हबीलाई महत्वपूर्ण भएका कारण बदनाम बन्दै गएका हुन् ।
भर्खरै कोल्हबीका एक शिक्षकले पत्रकारलाई पुत्रकार लेखेको बिषयमा विभिन्न पत्रपत्रिका र संचार माध्यमबाट व्यापक रुपमा प्रकाशन भएको थियो । र त्यो शिक्षक थिए कोल्हबी १ स्थित रहेको श्री अनुप दिपनी माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक कोल्हबी ७ धोधर्पा निवासी उमेश चौधरी । पत्रपत्रिका मार्फत पत्रकारलाई पुत्रकार लेख्दा शिक्षक चौधरी शिक्षकको नीति र मर्यादा बिर्सेको हुँदा नैतिकहिन भनेर समेत समाचारमा आएको थियो ।
तर हिजो शुक्रबार सम्पन्न भएको शिक्षक संगठन नगर कार्य समितीको अध्यक्ष नै शिक्षक उमेश चौधरीलाई बनाइएको छ । शिक्षक संगठन नेकपा एमाले पार्टीको भातृ संगठन हो ।
यसरी बदनाम र नैतिकहिन एवम् अमर्यादित ब्याक्तीलाई एमाले पार्टी कोल्हबीले संरक्षण गरिरहदा सो पार्टी नै कमजोर हुँदै गएको देखिन्छ । बारा क्षेत्र नम्बर १ बाट एमाले कै नेता अच्युत मैनाली निर्वाचित भएका छन् । त्यस्तै सोही क्षेत्रको क बाट प्रदेश सभासद एमाले पार्टीबाट नै त्रीलोकी प्रसाद चौधरी पनि निर्वाचित भएका हुन् । तर यस्ता गतिविधिले यहाँका जनता नै चिन्तित बन्न पुगेको देखिन्छ ।
यस्ता गतिविधि रहि रहयो भने २०८४ को चुनावमा एमलेलाई जनताले अब न पत्याउने कुरा प्रष्ट भएको छ । जनताले यस्ता पार्टीबाट के आशा राख्ने ? कसरी बिश्वास गर्ने कुरामा समेत प्रश्न चिन्ह खडा भएको छ । बेलामा सचेत भएन भने अगामी चुनावमा ठूलो क्षति खानु पर्ने जनताले समेत आकलन गरिसकेको छन् ।





