कोल्हवी नगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवि मा सामाजिक सन्जाल फोहर गर्दै फेक आइडि हरु…

नेपाल सरकारले समाजिक संजालको संचालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पेश गरे पनि बारा जिल्लाको कोल्हबीमा फेसबुक फेक आइडीले चुनौती दिंदै आएको छ । समाजिक सद्भावमा खलल पुग्ने लेखहरु लगातार लेखिरहँदा पनि सम्बन्धित ब्याक्तिले मुद्दा दर्ता न गराउँदा प्रशासन पनि मौन बसेको गुनासो बढ्दै गएको हो ।

कोल्हबीलाई मात्रै संकेत गर्दै अमर्यादित शब्द प्रयोग गरि लेखिएका लेखहरु प्राय जसो फेक आइडीबाट नै समाजिक संजालमा प्रकाशित गरिएको देखिन्छ । फेक आइडीका कारण नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता रहेका संचार माध्यम, संचाचरकर्मीलाई समेत असर पारिहेको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले बताउनु भयो ।

जिल्ला अध्यक्ष सुवेदीका अनुसार त्यस्ता फेक आइडी भएका कुपात्रहरु कै कारणले गर्दा नै पत्रकारहरुको मान मर्यादा संग खेलवाड भएको हो । त्यस्ता फेक आइडी भएकाहरुको बारेमा मुद्दा दर्ता गराउन समेत सम्बन्धित संघ संस्था तथा ब्याक्तिलाई आग्रह गर्नु भएको छ । यस्ता कुरामा नेपाल पत्रकार महासंघ बारा कहिल्यै पछाडी नहट्ने समेत प्रतिबद्दता गरेको बताउनु भयो ।

पछिल्लो समयमा पुर्व मन्त्री उमाकान्त चौधरी, माननिय अच्युत मैनाली, प्रदेश सभासद त्रिलोकी प्रसाद चौधरी, नगर प्रमुख राम प्रसाद चौधरी, पुर्व नगर प्रमुख भरत बहादुर भण्डारी लगायत कर्मचारीहरुलाई समेत संकेत गर्दै मान मर्यादा तथा इजजत मान प्रतिष्ठामा हानी हुने गरी समेत फेक आइडीबाट लेखिएको कुरा यथावतै रहेका छन् । केही दिन यता समाचारको लिंक कपी गरेर सो समाचारमा नभएका कुरा र आफ्ना मन परी शब्दहरु प्रयोग गरी समाजिक संजाललाई फोहोर बनाएको देखिन्छ ।

कोल्हबीमा जमुने खबर, कोल्हबी खबर, कोल्हबी नगर भरीका गतिबिधि, भ्रष्टचारी बिरुद्धको अभियान, ग्रेटर नेपाल खबर बिशेष, रुटिन अफ कोल्हबी लगायतका फेक आइडीहरुले तान्डव मच्चाएका हुन् । यसरी सम्बन्धित ब्याक्ति समयमा सचेत न भई, मुद्दा दर्ता नगराई कानुनी उपचार न खोजेमा सम्पुर्णलाई असर पर्ने तथा समाजिक सद्भाव बिग्रिने, र भबिष्यमा एक आपसमा द्वन्द सिर्जना हुने  अनुमान समेत बिज्ञहरुले गरेका छन।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *