बारा

कोल्हबी नगरपालिका–२ मा वडा तह समिति गठन, थानेश्वर पहाडीको नेतृत्वमा संगठन विस्तार अभियान तीव्र

सुरज विक्रम , बारा । कोल्हबी नगरपालिका वडा नं. २ मा स्थानीय स्तरको वडा तह समिति गठन गरिएको छ। कोल्हबी नगर संयोजक थानेश्वर पहाडीको नेतृत्वमा सम्पन्न उक्त बैठकले विभिन्न पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको निर्णय पुस्तिकामा उल्लेख गरिएको छ।

समितिको संयोजकमा श्री सन्तोष चौधरी चयन भएका छन् भने उप–संयोजकमा देवी प्रसाद मैनाली चयन भएका छन्। त्यस्तै, अन्य सदस्यहरू समेत जिम्मेवारीसहित चयन गरिएको जनाइएको छ।

२०८१ साल वैशाख २५ गते सम्पन्न उक्त बैठकको निर्णय पुस्तिकामा उपस्थित पदाधिकारीहरूको हस्ताक्षर समेत रहेको देखिन्छ।

स्थानीय स्तरमा विकास, समन्वय, सुशासन तथा जनसहभागिता वृद्धि गर्ने उद्देश्यले समिति गठन गरिएको बताइएको छ। कोल्हबी नगरपालिका क्षेत्रमा संगठन विस्तारलाई अझ सुदृढ गर्दै स्थानीय संरचना सशक्त बनाउने अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने आयोजक पक्षले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *