सुरज बिक्रम, कलैया (बारा) साउन २९! बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा सञ्चालन हुँदै आएका अवैध घरेलु मदिरा भट्टीहरूलाई प्रहरीले छापा मारी नष्ट गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नम्बर १० गंजभवानीपुर क्षेत्रमा
रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालको सरुवालाई लिएर नगर प्रमुख सञ्जयकुमार काफ्लेले अपनाएको भनिएको दोहोरो भूमिकाले नगरको आन्तरिक विवादलाई थप गम्भीर बनाएको छ। सार्वजनिक मञ्चमा ढकालको क्षमता र कार्यशैलीको प्रशंसा गर्ने मेयर काफ्लेले मन्त्रालयमा भने उनकै सरुवाको माग गर्दै पत्र पठाएको तथ्य बाहिरिएपछि नगरपालिकाभित्रको विवाद अब व्यक्तिगत
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेको विद्युत् ठेक्का कार्य अघि बढेसँगै स्थानीयवासीले भोग्दै आएको विद्युत् समस्याको समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ। लामो समयदेखि विद्युत् आपूर्तिमा समस्या झेल्दै आएका बडहर्वावासीलाई लक्षित गरी १०० केभीए क्षमताका दुईवटा ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन सञ्चालनमा ल्याइएको हो। ट्रान्सफर्मर
बारा । संघीय सरकारका पर्यटनमन्त्री माननीय खडक राज पौडेल (गणेश पौडेल) मधेश प्रदेशका प्रमुख प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षणका लागि मधेश प्रदेश भ्रमणमा आउने भएका छन्। पर्यटन विकास, प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय पर्यटकीय सम्भावनाको पहिचान तथा आवश्यक पूर्वाधार निर्माणका विषयमा स्थलगत अवस्थाको अध्ययन गर्ने
बारा, कोल्हवी । पोखरीमा महिनौँसम्म पसिना बगाएर माछा उत्पादन गर्ने किसानले उत्पादन लागतअनुसारको उचित मूल्य नपाउँदा माछा व्यवसाय नै संकटमा पर्न थालेको गुनासो गरेका छन्। माछाको दाना, भुरा, औषधि, पोखरी व्यवस्थापन, श्रमिकको ज्याला, विद्युत्, पानीलगायत उत्पादनका सबै पक्षको लागत निरन्तर बढिरहेको अवस्थामा किसानले बिक्री गर्ने समयमा भने उचित मूल्य पाउन नसकेको उनीहरूको गुनासो छ।
प्रदेश सरकारको १५ लाख बजेट अलपत्र, कम्पाउण्ड निर्माण रोकिएको भन्दै स्थानीय आक्रोशित विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षको आरोप– सार्वजनिक जग्गामा हस्तक्षेप भयो, प्रशासन मौन कोल्हवी, बारा। कोल्हवी नगरपालिका–८ अन्तर्गत रहेको श्री जनज्योति आधारभूत विद्यालय, नैका टोलको कम्पाउण्ड निर्माणका लागि मधेश प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपैयाँको बजेट अहिले विवादको केन्द्रमा
कृषि शिक्षा र किसानको आत्मनिर्भरता प्रवर्द्धनमा कोल्हवी–८ ले थाल्यो नयाँ अभियान कोल्हवी, बारा। कोल्हवी नगरपालिका–८ नयाँबस्तीमा लामो समयदेखि बन्द अवस्थामा रहेको डीब बोर्डिङ्ग वडा अध्यक्ष अनुप सुवेदीको सक्रिय पहल, समन्वय र निरन्तर प्रयासपछि पुनः सञ्चालनमा आएको छ। कृषि शिक्षा, किसानको क्षमता अभिवृद्धि तथा स्थानीय उत्पादन प्रवर्द्धनलाई केन्द्रमा राखेर बोर्डिङ्ग सञ्चालनमा
कोल्हवी, बारा ।कोल्हवी नगरपालिका–११ को नयाँ टोल बेलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय को अवस्था हेर्दा सरकारी शिक्षा प्रणालीको वास्तविक चित्र झल्किन्छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या जम्मा १७ जना छ। तर विद्यालयमा ५ जना शिक्षक कार्यरत छन् भने प्रदेश सरकारबाट हरेक वर्ष करिब १० लाख रुपैयाँ बजेट खर्च हुने गरेको स्थानीयको भनाइ छ। यति ठूलो […]
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा प्रशस्त, तर योजना र लगानीको अभावमा पर्यटन क्षेत्र ओझेलमा कोल्हवी, बारा (असार १६)। बारा जिल्लाको कोल्हवी नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र मौलिक थारु संस्कृतिले सम्पन्न क्षेत्र भए पनि पर्यटन विकासमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ। पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार, दीर्घकालीन योजना र
नागरिकका गुनासा प्रत्यक्ष सुन्ने, प्रहरी सेवाप्रति विश्वास बढाउने र जनतासँग खुला संवाद गर्ने उद्देश्यले आयोजना गरिने नागरिक सुनुवाइ कार्यक्रम नै यसपटक कोल्हवीमा विवादको विषय बनेको छ। इलाका प्रहरी कार्यालय कोल्हवीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सर्वसाधारणको पहुँचभन्दा बाहिर, सीमित व्यक्तिको उपस्थितिमा बन्द कोठाभित्र सम्पन्न भएपछि स्थानीयले कार्यक्रमको औचित्यमाथि नै





















