उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाढी, पहिरो तथा डुबानबाट पीडितका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्का
“दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेश र जिल्ला कार्य समिती बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वार्ड न -१२ फत्तेपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा बृहद रक्तदान कार्यक्रम यहि मिति २०८१/०६/१९ गते शनिबार
बाराको गतिविधि आज बाट आफ्नै website बाट सञ्चालनमा आएको छ। आज औपचारीक रुपमा सुरु भएको बाराको गतिविधि लामो समय समाजिक सञ्जाल फेसबुक ग्रुपमा सिमित थियो । आज बाट सुरु भएको गतिविधिलाई साथ सल्लाह सुझाव दिन सञ्चालक सुरज बिक्रमले आम पाठक बर्गमा आग्रह गरेका छन्। सञ्चालक बिक्रमले आफुले सक्दो पत्रकारिताको धर्म निभाउने बताएका छन्।
बारा । बारा प्रहरीले दसैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गरेर प्रहरीले मंगलबार एक पत्रकार सम्मेलनमार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले शान्तिपूर्ण चाँडपर्व मनाउनका लागि सुरक्षाका लागि एक हजार भन्दाबढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । दसैँ तिहारको मौका छोपी हुने चोरी […]
लगातारको वर्षा पछि देशले यत्रो महामारी भोग्यो, जनताको काम गर्छु भनेर पदमा पुगेका हरु उदासीन गैरजिम्मेवार देखिए तर कोल्हवी नगरपालिका र निजगढ नगरपालिकामा गत स्थानीय चुनावमा पराजित दुई युवा भने आफुले सकेको जिम्मेवारी पूरा गर्न लागे। निजगढ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा पराजित रविराज दंगालले निजगढ ८ खयरघारी घर भई मकवानपुर को सिस्नेरीमा […]
आइतबार बारा जिल्लाको सिम्रौनगढ-टमागढी सडकखण्डमा पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार, रौतहटको मौलापुर नगरपालिका-८ का ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले कोल्हवी नगरपालिका-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई नियन्त्रणमा लिई दुर्घटनामा संलग्न सवारीसाधन जफत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















