कोल्हवी, बारा ।‘समृद्ध कोल्हवी, मेरो कोल्हवी — मलाई मेरै कोल्हवीको चिन्ता छ’ भन्दै युवा व्यवसायी तथा समाजसेवी रमेश सुनवारले सामाजिक सञ्जालमार्फत कोल्हवीको वर्तमान अवस्था र भविष्यलाई लिएर आफ्नो चिन्ता तथा आक्रोश सार्वजनिक गरेका छन्। राजनीतिप्रति आफूलाई खासै रुचि नभएको उल्लेख गर्दै सुनवारले
निजगढ, बारा । निजगढ नगरपालिकाका विभिन्न वडा कार्यालयबाट भूमि तथा जग्गासम्बन्धी सेवा प्रवाहमा ढिलासुस्ती भएको जनगुनासो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ। रास्वपा निजगढ नगर सभापति सन्दिप भट्टराई सहितको टोलीले नगरपालिकामा पुगेर भूमि सम्बन्धी सेवामा देखिएको ढिलासुस्ती, रोकिएका फाइल तथा सेवाग्राहीले भोग्नुपरेको
चुनावअघि लिखित सहमति, अहिले कार्यान्वयन कहाँ? जनताको प्रश्न–‘भोट माग्दा गरेको प्रतिबद्धताको हिसाब खोइ?’ सुरज बिक्रम ,बारा । ‘जनताको राजनीति’, ‘जवाफदेहिता’ र ‘नयाँ राजनीतिक संस्कार’को कुरा गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि टागिया बस्तीमा निर्वाचनअघि गरिएको भनिएको ६ बुँदे सहमति अहिले गम्भीर प्रश्न बनेर उभिएको छ। टागिया बस्तीका स्थानीयसँग निर्वाचनअघि
हेटौँडा, मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा मकवानपुरमा पार्टीको नयाँ नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। यसै क्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय समितिको सहसचिव पदका लागि युवा नेता सुनिल राउतले उम्मेदवारी घोषणा गरेका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेका राउतले पार्टी संगठनलाई समयानुकूल,
कोल्हवी, बारा । नेपाली कांग्रेस कोल्हवी नगरपालिका–५ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शम्भु प्रसाद चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपसभापतिमा पुरुषतर्फ रामहरी आचार्य र महिलातर्फ नन्दा देवी चौधरी चयन भएका छन्। सचिवमा ब्रम्हनारायण थारु, सह–सचिवमा उमाकान्त चौधरी तथा कोषाध्यक्षमा मिना देवी महतो चयन भएका छन्। त्यसैगरी कार्यसमिति
निजगढ, बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बढ्दै गएको खाल्डाखुल्डीका कारण सवारीसाधन आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर सभापति सन्दिप भट्टराईले सडक डिभिजन कार्यालय हेटौंडाको ध्यानाकर्षण गराएका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार राजमार्गको बिग्रिएको सडक अवस्थाबारे एक
सुरज बिक्रम,कोल्हवी, बारा । बाराको कोल्हवीमा अशोक महर्जनद्वारा सञ्चालनमा ल्याइएको ‘मां अजिमा हार्डवेयर’को उद्घाटन समारोह भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ। नयाँ व्यवसायको सुरुवातसँगै स्थानीय क्षेत्रमा हार्डवेयर सामग्रीको सहज उपलब्धता तथा व्यापारिक गतिविधिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। २०८३ असोज ५ गते आयोजित उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
सामान्य विवादले लियो उग्र रूप, होटलको भान्साको चक्कु प्रहारपछि उपचारका क्रममा मृत्यु बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडमा रहेको एक होटलमा भएको विवादले उग्र रूप लिएपछि चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको घटनामा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको ज्यान गएको हो। प्रहरीका अनुसार शनिबार साँझ करिब ५ बजेको समयमा सिमरास्थित […]
हेटौंडा । देशभर छरिएर रहेका बगाले थापा बन्धुहरूलाई एउटै छानामुनि एकताबद्ध गर्दै बन्धुत्व, सामाजिक एकता, ऐतिहासिक पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले बगाले थापा वंश सेवा समितिको प्रथम ऐतिहासिक राष्ट्रिय अधिवेशन मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा सम्पन्न भएको छ। उत्साहपूर्ण वातावरणमा सम्पन्न अधिवेशनले समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने उद्देश्यसहित तयारी तीव्र बनाएको छ। आयोगले २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनुभन्दा करिब दुई महिनाअघि नै नयाँ निर्वाचन गराउने गरी आन्तरिक तयारी अघि बढाएको हो। आयोगका आयुक्त डा. राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचनसम्बन्धी कानुनी व्यवस्थालाई आधार





















