खेल प्रदेश खबर बारा मधेस प्रदेश

भेट्रान प्रतियोगिता खेल्दै गरेका गोलरक्षकको मृत्यु

जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई ५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन् ।

थारु ११ र वीरगन्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै वीरगन्ज लगिएको थियो ।

थारु ११ टिम बाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अर्का गोलरक्षक भित्र पठाइएको थियो । मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकरमा चलिरहेका बेला चौधरी अचानक ढलेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });