बारा

महागढीमाईको विकासमा अवरोधदेखि सामाजिक सञ्जाल विवादसम्म : मुकेश कुशवाहाको गतिविधि फेरि चर्चामा

मिलन राष्टिय दैनिक , बारा, असोज १२ । महागढीमाई नगरपालिका–२ का स्थानीय मुकेश कुशवाहाको पछिल्लो सामाजिक सञ्जाल गतिविधिले स्थानीय तहको विकास निर्माण, सामाजिक सद्भाव तथा राजनीतिक वातावरणलाई लिएर फेरि चर्चा चुलिएको छ।

स्थानीयका अनुसार कुशवाहा विगतदेखि नै नगरपालिकाका विभिन्न विकास निर्माण तथा सामाजिक गतिविधिबारे प्रश्न उठाउँदै आएका छन्। केही स्थानीयले भने उनले विकास निर्माणका क्रममा अवरोध सिर्जना गर्ने तथा सामाजिक सञ्जालमार्फत जनप्रतिनिधि र अन्य व्यक्तिविरुद्ध आरोप–प्रत्यारोप गर्ने गरेको बताएका छन्।

स्थानीयको भनाइअनुसार केही वर्षअघि महागढीमाई नगरपालिका–२ मा नाला निर्माण तथा सरसफाइसम्बन्धी काम भइरहेका बेला समेत विवाद उत्पन्न भएको थियो। उक्त घटनामा कुशवाहा र नगरपालिका पक्षबीच विवाद बढेको स्थानीयको दाबी छ। सोही क्रममा नगर प्रमुख उपेन्द्रप्रसाद यादवसँग समेत उनको विवाद भएको र नगर प्रहरीमार्फत पटक–पटक सम्झाउने प्रयास गरिएको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार त्यसबेला विवाद थप बढेपछि कुशवाहाका परिवारका सदस्यलाई समेत नगरपालिकामा बोलाएर घटनाबारे छलफल गरिएको थियो। उक्त घटनापछि नगर प्रहरी र कुशवाहाबीच समेत विवाद तथा हातपातको अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।

महागढीमाईका केही स्थानीयले विगतका यस्ता घटनालाई नगर क्षेत्रको विकास र सामाजिक वातावरणसँग जोडेर हेरेका छन्। उनीहरूका अनुसार महागढीमाई नगरपालिकामा विगत केही वर्षयता भएका विवादमध्ये कुशवाहासँग जोडिएका घटनालाई स्थानीयले अझै पनि बिर्सन नसकेको अवस्था छ।

Screenshot

यसैबीच, अहिले नेपाली कांग्रेसको अधिवेशनको राजनीतिक वातावरण चलिरहेका बेला कुशवाहाले सामाजिक सञ्जालमा नगर प्रमुख उपेन्द्रप्रसाद यादव तथा सञ्चारकर्मी नरेश गुप्तासँग सम्बन्धित पुरानो भिडियो पुनः सार्वजनिक गरेपछि विवाद थप चर्किएको छ।

स्थानीयको भनाइमा उक्त भिडियो पुरानो भएको र त्यसमा गरिएका दाबीबारे पर्याप्त प्रमाण वा आधिकारिक पुष्टि सार्वजनिक नभएकाले सामाजिक सञ्जालमा यस्ता सामग्री राख्दा भ्रम फैलिन सक्ने तथा सामाजिक सद्भावमा असर पर्न सक्ने चिन्ता देखिएको छ।

यद्यपि, कुशवाहाले आफूले सामाजिक सञ्जालमा राखेका सामग्रीबारे के दाबी गरेका हुन् र ती सामग्रीका आधार के हुन् भन्ने विषयमा उनको स्पष्ट धारणा तथा प्रमाण सार्वजनिक रूपमा आउन बाँकी छ।

त्यस्तै, कुशवाहाले काठमाडौंमा मोटर पार्ट्ससम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको स्थानीय स्रोतको भनाइ छ। भारतबाट भन्सार छली गरी मोटरसाइकलका पार्टपुर्जा ल्याउने गरेको भन्ने आरोपसमेत स्थानीय तहमा चर्चा हुने गरेको भए पनि यस विषयमा आधिकारिक निकायबाट पुष्टि भएको प्रमाण सार्वजनिक भएको छैन। त्यसैले उक्त विषयमा सम्बन्धित भन्सार तथा सुरक्षा निकायले आवश्यक छानबिन गरेपछि मात्र वास्तविकता स्पष्ट हुने देखिन्छ।

स्थानीयवासीले भने राजनीतिक वा सामाजिक आवरणमा व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा नगरपालिकाको विकास, सार्वजनिक सेवा र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूले सामाजिक सञ्जालमा कुनै व्यक्ति वा संस्थामाथि गम्भीर आरोप लगाउँदा प्रमाणसहित तथ्य सार्वजनिक गर्न र गलत सूचना फैलिन नदिन सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

महागढीमाईमा पछिल्ला गतिविधिले पुराना विवादलाई पुनः सतहमा ल्याएसँगै विकास निर्माणमा हुने अवरोध, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र राजनीतिक गतिविधिका नाममा हुने आरोप–प्रत्यारोपबारे स्थानीय तहमा फेरि बहस सुरु भएको छ।__सभार मिलन राष्टिय दैनिक

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });