अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

रा.स्व.पा. मधेश प्रदेशका सहमहामन्त्री मनीष कुमार साहले दिए संगठन निर्माणबारे कडा निर्देशन

मनीष कुमार साह ले पार्टी संगठन निर्माण प्रक्रियालाई व्यवस्थित, अनुशासित र विधिसम्मत बनाउन स्पष्ट निर्देशन जारी गरेका छन्। उनले गठन हुन लागेको कुनै पनि समितिसम्बन्धी सूचना पार्टीको आधिकारिक लेटरहेडमार्फत सम्बन्धित माथिल्लो समिति वा संगठन विभागबाट मात्रै जारी हुने बताएका छन्।

उनका अनुसार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा साधारण सदस्यले सामाजिक सञ्जालमार्फत भेला बोलाउने, अनधिकृत सूचना सार्वजनिक गर्ने वा गुट–उपगुट सिर्जना गर्ने गतिविधि गरे कडा कारबाही सिफारिस हुन सक्ने चेतावनी दिइएको छ। आवश्यक परे त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

सहमहामन्त्री साहले पार्टीको विधान र विधिअनुसार सम्बन्धित निकाय तथा जिम्मेवार पदाधिकारीसँग समन्वय गरेर मात्रै संगठन निर्माणका निर्णय लिन आग्रह गरेका छन्। साथै, पार्टीलाई बलियो बनाउन सबै नेता–कार्यकर्ताले अनुशासन, एकता र सहयोगको भावना राखेर अघि बढ्नुपर्ने बताएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *