बारा मधेस प्रदेश

इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप, आरोपित पक्राउ गर्न प्रहरीलाई भिड नियन्त्रण गर्न बल प्रयोग

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय हसनजान मियाँ रहेका छन्। घटनाको सूचना पाएपछि बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी आक्रोशित बनेपछि केही समय घटनास्थल तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। स्थानीयले आरोपितलाई कडा कारबाही हुनुपर्ने माग गर्दै प्रहरीको नियन्त्रणमा लैजानसमेत अवरोध गरेको बताइएको छ।

स्थिति थप जटिल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप सुरक्षा टोली घटनास्थलमा पठाइएको थियो। प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर गरेपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा पुर्‍याइएको जनाइएको छ।

यस घटनाले केही साताअघि मात्रै जीतपुरसिमरा–१ मा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको पीडा सेलाउन नपाउँदै बालिकामाथि पुनः यौन हिंसाको आरोप सार्वजनिक भएको छ।

लगातार बालिकामाथि गम्भीर प्रकृतिका घटना सार्वजनिक भएपछि जीतपुरसिमरा क्षेत्रमा बालबालिकाको सुरक्षा र यस्ता घटनाको रोकथामलाई लिएर चिन्ता बढेको छ। स्थानीयवासीले घटनामा संलग्नमाथि प्रभावकारी अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

पक्राउ परेका मियाँमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता र आरोप पुष्टि भए/नभएको कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });