प्रदेश खबर बारा मधेस प्रदेश

कलैयाका पूर्व निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ। आयोगले उनीसँग १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो मागदाबी गरेको छ।

अभियोगपत्रअनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता जाँच अवधिसम्मको आयव्यय विश्लेषण गर्दा वैध आम्दानीभन्दा सो बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको उल्लेख गरिएको छ।

यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको आयव्यय छानबिन गरिएको थियो। अनुसन्धानका क्रममा अवैध रूपमा आर्जित सम्पत्ति श्रीमती निर्मला कुमारी यादवको नाममा समेत राखिएको देखिएकाले जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *