प्रविधी बारा मधेस प्रदेश

कोल्हबी क्षेत्रमा विद्युत आपूर्तिमा समस्या, तत्काल समाधानको माग

बारा — गर्मी बढेसँगै कोल्हबी तथा आसपासका क्षेत्रमा बारम्बार विद्युत लाइन काटिने, लामो समयसम्म आपूर्ति अवरुद्ध हुने र भोल्टेजमा ठूलो उतारचढाव आउने समस्या तीव्र बनेपछि स्थानीय सरोकारवालाहरूले नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन्।

नवदीप सामुदायिक विद्युत उपभोक्ता समितिसहितको प्रतिनिधिमण्डलले वितरण केन्द्र पुगेर विद्यमान समस्याको दिगो समाधानका लागि पहल गर्न माग गरेको हो। टोलीले छिटो सब–स्टेशन निर्माण, थलिकट्टीदेखि सपहीसम्मको विद्युत लाइन जडान तथा समग्र विद्युत विस्तार कार्यलाई तीव्रता दिन जोडदार आग्रह गरेको छ।

स्थानीयवासीले लगातारको विद्युत अवरोधले घरायसी जीवन, व्यवसाय तथा सेवाप्रवाहमा प्रत्यक्ष असर परिरहेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *