गृहमन्त्री सुधन गुरुङको टिप्पणी : “राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू डराएका छन्”
गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा जनताको रगत–पसिनाले संकलित पैसामा आँखा गाड्नेहरू अहिले त्रसित बनेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफूमाथि उठाइएका प्रश्नहरूको लामो जवाफ सार्वजनिक गरेका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेख्दै आफूविरुद्ध भइरहेको गतिविधिप्रति संकेत गरेका हुन्।
गुरुङले आफ्नो स्टाटसमा लेखेका छन्, “वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएका छन्।”
उनको उक्त अभिव्यक्तिलाई पछिल्लो समय सार्वजनिक वृत्तमा उठिरहेका विभिन्न आरोप–प्रत्यारोप र राजनीतिक बहससँग जोडेर हेरिएको छ।
गृहमन्त्री गुरुङको पछिल्लो स्टाटस सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच बहस समेत सुरु भएको छ।







