परोपकार सहकारीद्वारा वित्तीय तथा व्यवसायिक साक्षरता तालिम सम्पन्न
कृषक र महिलालाई आत्मनिर्भर बनाउन FEBL कार्यक्रम आयोजना
कोल्हवी । परोपकार बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तथा कृषि विकास बैंक लिमिटेडको सहयोगमा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम सम्पन्न भएको छ।
कोल्हवी क्षेत्रमा आयोजित उक्त कार्यक्रममा स्थानीय कृषक, महिला समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय कारोबारको प्रक्रिया, बचतको महत्व, व्यवसाय सञ्चालनका आधारभूत ज्ञान तथा आत्मनिर्भर बन्न आवश्यक सीपबारे जानकारी गराइएको आयोजकले जनाएको छ।
कार्यक्रमको सभापतित्व परोपकार बचत तथा ऋण सहकारी संस्थाका सभापति ब्रहानारायण थारुले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सहकारी अभियन्ता शिव प्रसाद अधिकारीको उपस्थिति रहेको थियो।
त्यसैगरी विशेष अतिथिका रूपमा कृषि विकास बैंकका प्रदेश निर्देशक अर्जुन प्रसाद ढुङ्गाना, कृषि विकास बैंक कोल्हवी शाखाका शाखा प्रबन्धक स्याम कृष्ण नेपाल, कृषि विकास बैंक वीरगञ्ज शाखाका बिसम महतो, कोल्हवी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरी, केन्द्रीय प्रमुख जिउँदो माछा सङ्घका जङ्गबहादुर शाह तथा परोपकार सहकारीका उपाध्यक्ष शिवगोबिन महरा लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सहकारी संस्थाका सचिव बलराम अधिकारीको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय पहुँचसँगै व्यवसायिक साक्षरता अभिवृद्धि गर्न सके ग्रामीण अर्थतन्त्र सुदृढ हुने धारणा व्यक्त गरेका थिए।
सहभागीहरूले यस्ता तालिम कार्यक्रमले ग्रामीण क्षेत्रमा आर्थिक चेतना अभिवृद्धि गर्नुका साथै महिला तथा कृषकलाई स्वरोजगार र उद्यमशीलतामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।







