प्रविधी बारा मधेस प्रदेश

बकैया खोलाबाट बालुवा लोड गरेका दुईवटा ट्याक्टर सहित मानिस पक्राउ

बाराको बकैया खोलाबाट बन गस्ती टोलीले बालुवा लोड गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तामागढी सब डिभिजन बन कार्यालयलयबाट जमदार सोनालाल कुर्मिको कमाण्डमा खटिएको बन गस्ति टोलीले दुईवटा ट्याक्टर सहित तिनका चालकहरुलाई पक्राउ गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

बिशेष सुचनाको आधारमा मङ्गलबार राती ११ बजे बालुवा लोड गरीरहेको अवस्था प्रदेश २ ०३ ००१ त १४९४ नम्बरको ट्याक्टर र नम्बर प्रष्ट नभएको ७ त ६१७८ नम्बर मात्र देखिने ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्दर प्रसाद बैठाले जानकारी दिए ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई तामागढी सब डिभिजन बन कार्यालयाको प्राङ्गनमा र पक्राउ परेका ट्याक्टर चालकहरु निजगढ नगरपालिका वडा नं.९ बस्ने बर्ष १९ को कुनाल थापा र वडा नं.११ बस्ने १९ बर्षिय समिर रन्तेललाई डिभिजन बन कार्यालय बाराको नियन्त्रणमा राखिएको डिभिजन बन अधिकृत राजिव कुमार झाले जानकारी दिए । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });