प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपाद्वारा बाराका केही वडामा अधिवेशन रोक्का, नयाँ प्रक्रियापछि मात्रै अगाडि बढ्ने

बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाका केही स्थानीय तहका वडाहरूमा तय गरिएको अधिवेशन प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

पार्टीको बारा जिल्ला समन्वय समितिले बैशाख २३, २०८३ मा गरेको निर्णयअनुसार महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूमा हुने भनिएको वडा अधिवेशन तत्कालका लागि रोकिएको हो।

समितिले जारी गरेको सूचनामा अधिवेशनसम्बन्धी प्रक्रिया पुनः व्यवस्थित ढंगले अगाडि बढाइने स्पष्ट पारिएको छ। नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी–विरोध लगायतका सबै आवश्यक चरण पूरा भएपछि मात्रै अधिवेशनको बाँकी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

पार्टीले अधिवेशनलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन यो निर्णय लिइएको जनाएको छ। साथै, आगामी कार्यतालिका र निर्णयबारे सम्बन्धित सबै पक्षलाई समयमै जानकारी गराइने पनि सूचनामा उल्लेख छ।

यो सूचना जिल्ला निर्वाचन आयुक्त श्रीभगवान महतो द्वारा जारी गरिएको हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *