मधेस प्रदेश

सीता जयन्तीमा जनकपुरधाम उज्यालोमय, जानकी मन्दिरमा १ लाख २५ हजार दीप प्रज्वलन

जनकपुरधामस्थित जानकी मन्दिर मा सीता जयन्तीको अवसरमा आज भव्य रूपमा १ लाख २५ हजार दीप प्रज्वलन गरिएको छ। धार्मिक आस्था र उत्साहका साथ आयोजित दीपोत्सवले मन्दिर परिसर झिलिमिली बनेको थियो।

सीता माताप्रति श्रद्धा व्यक्त गर्दै हजारौँ श्रद्धालु, साधुसन्त तथा सर्वसाधारणको सहभागितामा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ। दीपोत्सवसँगै भजन–कीर्तन, पूजाआजा तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न भएका छन्।

हरेक वर्ष सीता जयन्तीका अवसरमा जनकपुरधाम मा विशेष धार्मिक कार्यक्रम आयोजना गरिँदै आएको छ। यस वर्षको दीपोत्सवले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको स्थानीयवासीले बताएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *