गएराती बारा र रौतहट मा जंगली हात्ती ले गर्यो विध्वंस :
२०८१ फागून १७

कोल्हवी नगरपालिका -२ हनुमान गंज र रौतहट को भैसही मा जंगली हात्तीले धेरै क्षती गरेको छ।
हनुमानगंज मा केरा बारीमा धेरै क्षती गरेको छ भने रौतहट को भैसही मा कसैको करिव १० कठ्ठा को गहुँखेती क्षती गरेको छ भने कसैको रोप्न ठिक पारेको उखुको विजन खाईदिएको छ। भई नभई धेरै दुख र मेहनत ले खाउला र छोरछोरीलाई खुवाउला भनी लगाएको गहुँबाली एकैरातमा सखाप पारेकोले मेरो श्रीमती दिनभरी रोईन भन्दै गुनासो गर्दै थिए एक किसान।
यो भन्दा पहिले पनी बारा र रौतहटमा जंगली हात्ती ले धेरै क्षती पुय्राउदै गएको छ। र अहिले फेरी आउन थाल्यो। आज पनी न आउला भन्न सकिदैन।

सरकार ले किसान हरुलाई न राहत दिन्छन न हात्ती आतंक को दिगो रोकथाम! किसान को मार्का बुज्ने सरकार कहिले आउलान?

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *