Home Archive by category प्रदेश खबर
बारा मधेस प्रदेश

जनताको करबाट चलेको गाडी आफन्त ओसार्न? कोल्हवी नगरपालिकामाथि गम्भीर प्रश्न

सुरज बिक्रम कोल्हवी । जनताको करबाट सञ्चालन हुने सरकारी स्रोत–साधन कसका लागि प्रयोग हुन्छन्? जनताको सेवा गर्न निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी कति गम्भीर छ? र सरकारी गाडी व्यक्तिगत सुविधा र पहुँचका आधारमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन? यी प्रश्न अहिले बाराको कोल्हवी नगरपालिकामाथि तेर्सिएका
बारा मधेस प्रदेश

गाउँका दुर्घटना जोखिम क्षेत्रमा रिफ्लेक्टिभ स्टिकर अभियान सुरु, रातको जोखिम घटाउने प्रयास

सुरज बिक्रम, बारा, २३ भदौ २०८३ ।गाउँघरका भित्री सडक तथा दुर्घटनाको उच्च जोखिम रहेका स्थानमा रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वास्थित मौवापैनी पुल आसपास मंगलबार ड्रम तथा बाँसका पिल्लरमा रिफ्लेक्टिभ स्टिकर टाँसेर अभियानको औपचारिक सुरुवात गरिएको हो। नेपाल पत्रकार महासंघ
बारा मधेस प्रदेश

बाढीले पहाड रुवाउँदा मधेश चुप बसेन : वडाध्यक्ष नन्दकिशोर चौधरीको नेतृत्वमा कोल्हवी–५ राहत बोकेर मैदानमा

सुरज बिक्रम,कोल्हवी, बारा ।भोटेकोसी, नुवाकोट र रसुवा क्षेत्रमा हालै आएको अविरल वर्षापछिको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बाराको कोल्हवी नगरपालिका–५ बाट संकलन गरिएको ठूलो परिमाणको राहत सामग्री बोकेको टोली आज प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। ‘मानवता हाम्रो धर्म, सहयोग हाम्रो कर्म’ भन्ने मूल नाराका साथ विपद्को कठिन अवस्थामा रहेका पीडित परिवारलाई
बारा मधेस प्रदेश

सहमति बिना बनेको RAT खारेज, गुटबन्दी र पार्टीविरोधी गतिविधिविरुद्ध रास्वपा कोल्हवीको कडा एक्सन

सुरज बिक्रम,कोल्हवी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिले पुरानो RAT संयोजकलाई हटाउँदै नयाँ ११ सदस्यीय RAT समिति गठन गरेको छ। कोल्हवी नगरपालिका–१ मनकामना स्थित रोजउड होटलमा शनिबार आयोजित कार्यक्रममा नगर समितिले नयाँ RAT टिम सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ RAT समिति गठन कार्यक्रममा रास्वपा कोल्हवी नगर समितिका पदाधिकारीसहित नगर समितिको सम्पूर्ण टिम
बारा मधेस प्रदेश

सपही–प्रसौना सडकमा समा कन्स्ट्रक्सनको चरम ढिलासुस्ती : खाल्डो खनेर ‘ज्यान मार्ने पासो’, कोल्हवी नगरपालिका र वडा नं. ६ मौन !

सुरज बिक्रम, कोल्हवी । बाराको कोल्हवी नगरपालिका–६ अन्तर्गत सपही–प्रसौना सडकखण्डमा निर्माणाधीन पुल तथा सडक संरचनाको काममा चरम ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीयले निर्माण कम्पनीसँगै कोल्हवी नगरपालिका र वडा कार्यालयको भूमिकामाथि प्रश्न उठाएका छन्। पुल निर्माणका लागि सडकमा खाल्डो खनिएको लामो समय बितिसक्दा पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेको स्थानीयको गुनासो छ।
बारा मधेस प्रदेश

वडा–नगरपालिका कुर्सीमा मस्त, बेल्वाको बाटो झाडीमा ध्वस्त! बाटो बचाउन महिलाले समाते हँसिया

सुरज बिक्रम, कोल्हवी । बाराको कोल्हवी नगरपालिका–८ मा पर्ने बेल्वा बजार (हाटबजार) जाने सडक लामो समयदेखि झाडी, जङ्गल र फोहोरले अस्तव्यस्त बनेपछि स्थानीय जागरुक महिला दिदीबहिनी तथा आमाहरू आफैं सरसफाइमा जुटेका छन् । हाटबजार जाने मुख्य बाटो असुरक्षित बन्दै गएको र सम्बन्धित निकायले बाटोको नियमित सरसफाइ तथा संरक्षणमा चासो नदिएको भन्दै स्थानीय महिलाहरूले सामूहिक रूपमा […]
बारा मधेस प्रदेश

बाढीपीडितका लागि फेटा गाउँपालिकाको १९ लाखभन्दा बढी सहयोग, जनप्रतिनिधिदेखि शिक्षकसम्मको योगदान

बारा । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बाराको फेटा गाउँपालिकाले १९ लाख २ हजार ६३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपद्को समयमा बाढी प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीको योगदानसहित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप
बारा मधेस प्रदेश

कोल्हवीबाट संकलित राहत नुवाकोट पुग्यो, प्रहरीमार्फत बाढीपीडितलाई हस्तान्तरण

सुरज बिक्रम कोल्हवी, बारा । प्राकृतिक विपद्को कठिन घडीमा मानवीय संवेदना र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाराको कोल्हवीबाट संकलन गरिएको राहत सामग्री बाढी प्रभावित जिल्ला नुवाकोट पुर्‍याएर हस्तान्तरण गरिएको छ। कोल्हवीका स्थानीयवासी, उद्योगी-व्यवसायी, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको संयुक्त सहभागितामा संकलन गरिएको सो राहत सामग्री नुवाकोटको
बारा मधेस प्रदेश

कोल्हवी–५ मा दलगत सीमाभन्दा माथि उठेर बृहत् राहत संकलन, भोटेकोसी–नुवाकोट–रसुवाका बाढीपीडितलाई सहयोग गर्ने तयारी

सुरज बिक्रम ,कोल्हवी । विपद्को समयमा राजनीतिक आस्था र दलगत सीमाभन्दा माथि उठेर कोल्हवी नगरपालिका–५ का स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न संघसंस्था एकजुट भएका छन्। कोल्हवी–५ अन्तर्गत पर्ने रामबन, बोधवन र माछागाउँमा भोटेकोसी, नुवाकोट तथा रसुवाका बाढीपीडितका लागि बृहत् राहत संकलन अभियान सञ्चालन गरिएको हो। बाढीका कारण प्रभावित परिवारको पीडामा सहयोग
बारा मधेस प्रदेश

झाडीमा लुकाइराखिएको ५ थान सालको गोलिया बरामद, कोल्हबीमा वन गस्ती कडा

सुरज बिक्रम,बारा । कोल्हबी नगरपालिका–४ लामपोईनीस्थित झाडीबाट प्रहरीले अवैध रूपमा लुकाइराखिएको ठूलो परिमाणको सालको काठ बरामद गरेको छ। वन क्षेत्रमा अवैध कटान तथा चोरी निकासी भइरहेको आशंकाबीच प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले खोजतलास गर्दा पाँच थान सालको गोलिया फेला पारेको हो। कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलका अनुसार संयुक्त टोलीले झाडी क्षेत्रमा […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });