सुरज विक्रम कोल्हवी, बारा । कोल्हवी नगरपालिका–११ रामपुरवामा रहेको करिब २ बिघा ८ कठ्ठा सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सार्वजनिक प्रयोजनका लागि छुट्याइएको उक्त ऐलानी जमिन संरक्षण गर्न तथा अतिक्रमित क्षेत्र खाली गराउन स्थानीयले सम्बन्धित निकायसँग
कोल्हवी उद्योग वाणिज्य संघको घोषणा कागजमै सीमित, व्यवस्थापनमाथि गम्भीर प्रश्न ✍️ सुरज बिक्रम, कोल्हवी कोल्हवी नगर उद्योग वाणिज्य संघले बजार क्षेत्रको फोहोर व्यवस्थापन कडाइका साथ लागू गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै कोल्हवी बजार पुनः फोहोरले अस्तव्यस्त बनेको छ। संघले हिजो मात्रै सार्वजनिक सूचना जारी गर्दै बजारलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको थियो।
सुरज विक्रम , बारा । कोल्हबी नगरपालिका वडा नं. २ मा स्थानीय स्तरको वडा तह समिति गठन गरिएको छ। कोल्हबी नगर संयोजक थानेश्वर पहाडीको नेतृत्वमा सम्पन्न उक्त बैठकले विभिन्न पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको निर्णय पुस्तिकामा उल्लेख गरिएको छ। समितिको संयोजकमा श्री सन्तोष चौधरी चयन भएका छन् भने उप–संयोजकमा देवी प्रसाद मैनाली चयन […]
सुरज विक्रम , बारा । बारा–खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढको १०औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। निजगढ–८ स्थित शुभकार्य बैंक्युइट हलमा आयोजित कार्यक्रमलाई मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुश्वाहाले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको थियो। सभामा संस्थाका अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले
सुरज विक्रम , बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै कोल्हबी नगरपालिका वडा नं. ८ मा नयाँ वडा समिति गठन गरेको छ। कोल्हबी नगर संयोजक थानेश्वर पहाडीको नेतृत्वमा सम्पन्न वडा भेलाले प्रकाश कुँवरको संयोजकत्वमा ११ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यक्रममा स्थानीय युवाहरू, पार्टी समर्थक तथा कार्यकर्ताहरूको […]
सुरज विक्रम, बारा ।महिलाहरूमा बढ्दो पाठेघरमुख तथा स्तन क्यान्सर रोगलाई लक्षित गर्दै कोल्हबीमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) बारा जिल्ला शाखा र तामागढी हस्पिटल प्रा.लि.को आयोजनामा, कोल्हबी नगर उद्योग वाणिज्य संघ, कालिका सुनचाँदी पसल कोल्हबी तथा उद्यमशील युवा दुग्ध एवं कृषि सहकारी संस्था लि. […]
कोल्हबी नगर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन, सरसफाइ, पार्किङ, नगर प्रहरीको आवश्यकता तथा व्यापारी सुरक्षालाई प्राथमिकतामा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ । बैशाख २६ गते शनिबारका दिन आयोजित विस्तृत अन्तरक्रिया तथा निर्णय सभामा संघले सदस्य व्यापारीहरूको दुर्घटना बिमासम्बन्धी व्यवस्था लागू गर्ने निर्णयसहित बजार व्यवस्थापनका विभिन्न समसामयिक विषयमा गहिरो छलफल गरेको हो
बाराको निजगढमा एक युवती होटलभित्र शंकास्पद अवस्थामा मृत फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ । निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलको कोठामा १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् । प्रहरीका अनुसार मृतक थिङ निजगढ नगरपालिका–१२ कोलगाउँकी बासिन्दा हुन् । प्रारम्भिक अनुसन्धानमा उनी एक युवकसँग होटलमा बसेको खुलेको छ । राति करिब ११ बजेतिर […]
सुरज बिक्रम, कोल्हवी वर्षौंदेखि चर्चा र मागमा सीमित रहेको कोल्हवीमा मालपोत तथा नापी सेवा सञ्चालनको विषय अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको जग्गा प्रशासन शाखाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा विस्तार गर्ने निर्णय गरेसँगै कोल्हवी पनि पहिलो चरणको सूचीमा परेको हो। सरकारले २०८३ सालमा देशभरका ३५ […]
बारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा छोटी भन्सार सञ्चालनको विषय फेरि चर्चामा आएको छ। प्रतिनिधिसभा सदस्य गणेश धिमाल ले सिम्रौनगढमा छोटी भन्सार सञ्चालनका लागि पहल प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। धिमालका अनुसार पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल द्वारा गरिएको छोटी भन्सार सञ्चालन सम्बन्धी निर्णय हाल कार्यान्वयनको चरणमा पुगेको हो। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग








