बारा मधेस प्रदेश

सडक जामले कोल्हबी अस्तव्यस्त: एम्बुलेन्ससमेत फसेपछि जनआक्रोश, निकायहरू एक–अर्कामाथि दोष थोपर्दै

बारा, कोल्हबी । कोल्हबी बजार क्षेत्रमा व्यवसायीहरूले सडक नै अवरुद्ध गरी मकै तथा धान लोड–अनलोड गरिरहँदा सर्वसाधारणले दिनहुँ सास्ती भोग्न बाध्य भएका छन्। मुख्य सडकमै हुने अव्यवस्थित गतिविधिका कारण यातायात प्रभावित हुनुका साथै आज बिरामी बोकेको एम्बुलेन्ससमेत जाममा फसेपछि अवस्था थप गम्भीर बनेको छ।

तर समस्या समाधान गर्नुको सट्टा कोल्हबी नगरउद्योग वाणिज्य संघ, कोल्हबी नगरपालिका, इलाका प्रहरी कार्यालय कोल्हबी लगायत सम्बन्धित निकाय भने एक–अर्कामाथि दोष थोपर्दै पन्छिन खोजिरहेका छन्।

यस विषयमा कोल्हबी नगरउद्योग वाणिज्य संघका प्रमुख राम परसाईले पटक–पटक गुनासो गरे पनि सुनुवाइ नभएको बताएका छन्।

उता कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले ट्राफिक प्रहरी तथा इलाका प्रहरी कार्यालयतर्फ जिम्मेवारी देखाउँदै प्रतिक्रिया दिएका छन्।

यता इलाका प्रहरी कार्यालय कोल्हबीका इन्चार्ज रञ्जन मिश्रले ट्राफिक कार्यालयलाई खबर गरे पनि प्रभावकारी कारबाही नभएको बताएका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का कोल्हबी नगर सभापति थानेश्वर पहाडीले कोल्हबी नगरपालिका व्यवस्थित पार्किङ तथा नियमनमा असफल भएकै कारण समस्या गहिरिएको बताएका छन्।

सम्बन्धित निकायबीच समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्तिका कारण बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको स्थानीयवासीको भनाइ छ। सर्वसाधारणले तत्काल सडक व्यवस्थापन, लोड–अनलोड नियन्त्रण र व्यवस्थित पार्किङको व्यवस्था गर्न माग गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *