अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

सरकारी विज्ञापन नीति विरुद्ध बाराका पत्रकारको आवाज, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बारा — सरकारी विज्ञापन केवल तीनै तहका सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णयविरुद्ध बाराका पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ, बारा शाखाले उक्त निर्णयलाई विभेदकारी भन्दै कडा आपत्ति जनाएको छ।

महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाउँदै निर्णय तत्काल सच्याउन माग गरेको छ।

महासंघले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गरिँदा मोफसलका सञ्चार गृहहरू आर्थिक संकटमा पर्ने, धेरै सञ्चार संस्था बन्द हुने र पत्रकारहरूको रोजगारीसमेत संकटमा पर्ने जनाएको छ।

ज्ञापनपत्रमार्फत सरकारले सबै प्रकारका सञ्चारमाध्यमलाई समान व्यवहार गर्दै निष्पक्ष र समावेशी विज्ञापन नीति अवलम्बन गर्न आग्रह गरिएको छ।

माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत महासंघले दिएको छ।

प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चार माध्यमहरूको अस्तित्व रक्षा गर्न सम्पूर्ण पत्रकार एकजुट हुनुपर्ने आवाज बाराबाट उठेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *