Home Articles posted by Suresh Bikram (Page 4)
प्रदेश खबर बारा मधेस प्रदेश राष्ट्रिय

देशभरका बगाले थापा बन्धुलाई एकताबद्ध गर्ने अभियान : हेटौंडामा प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र थापा सर्वसम्मत

हेटौंडा । देशभर छरिएर रहेका बगाले थापा बन्धुहरूलाई एउटै छानामुनि एकताबद्ध गर्दै बन्धुत्व, सामाजिक एकता, ऐतिहासिक पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले बगाले थापा वंश सेवा समितिको प्रथम ऐतिहासिक राष्ट्रिय अधिवेशन मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा सम्पन्न भएको छ। उत्साहपूर्ण
बारा मधेस प्रदेश

फागुनमै स्थानीय तह निर्वाचन गराउने आयोगको तयारी, अन्तरजिल्ला मतदानदेखि ‘इ–भोटिङ’सम्मको योजना

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने उद्देश्यसहित तयारी तीव्र बनाएको छ। आयोगले २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनुभन्दा करिब दुई महिनाअघि नै नयाँ निर्वाचन गराउने गरी आन्तरिक तयारी अघि बढाएको हो। आयोगका आयुक्त डा. राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचनसम्बन्धी कानुनी व्यवस्थालाई आधार
बारा मधेस प्रदेश

आईसीपी झडप प्रकरणमा रास्वपा वडासभापति पक्राउ, माछा कारोबारको विवाद अनुसन्धानको घेरामा

वीरगन्ज । वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछा बोकेको गाडी पास गराउने विषयलाई लिएर भएको विवाद र झडप प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगरपालिका–२५ का वडासभापति प्रकाश साह पक्राउ परेका छन्। अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले साहलाई बिहीबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी
बारा मधेस प्रदेश

इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप, आरोपित पक्राउ गर्न प्रहरीलाई भिड नियन्त्रण गर्न बल प्रयोग

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय हसनजान मियाँ रहेका छन्। घटनाको सूचना पाएपछि बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी आक्रोशित बनेपछि
बारा मधेस प्रदेश

जाहेरी रोकियो कि मिलाइयो ? यातायात कुटपिट प्रकरणमा ३ लाख ६० हजारको आरोप

सुरज बिक्रम ,बारा । सरकारी कार्यालयको कार्यकक्षभित्र सेवाग्राहीमाथि भएको भनिएको कुटपिटको भिडियो सार्वजनिक भइसकेको छ। घटनाका आरोपित तत्कालीन कार्यालय प्रमुख चिन्तन आचार्य कार्यालयबाट सरुवा भइसकेका छन्। पीडितले प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्म पुगेर जाहेरी दर्ताको प्रयास गरेको दाबी गरेका छन्। तर पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि घटनाले अपेक्षित कानुनी गति लिन नसकेको
बारा मधेस प्रदेश

बाराका नयाँ प्रजिअ अधिकारीको पहिलो प्रतिबद्धता : तस्करीदेखि अवैध क्रसरसम्म निगरानी बढाउने

बारा । सीमावर्ती जिल्ला बाराको प्रशासनिक नेतृत्व सम्हालेका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। प्रशासनिक जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग भएको पहिलो औपचारिक भेटमा उनले सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध कारोबार तथा मापदण्डविपरीत सञ्चालन भइरहेका
राष्ट्रिय

तिलगंगा आँखा प्रतिष्ठानमाथि आर्थिक अपचलनको आरोप, ९ शिक्षकले संसदीय समितिमा दिए उजुरी

काठमाडौं । नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अनियमितता तथा शिक्षकहरूमाथि श्रम शोषण भएको दाबीसहित प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी परेको छ। प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रममा लामो समयदेखि अध्यापन गर्दै आएका ९ जना शिक्षकले सामूहिक रूपमा संसदीय समितिमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा
राष्ट्रिय

दल बदलेका १० जनप्रतिनिधिको पद रिक्त, दुई उपाध्यक्ष पनि परे

सुरज बिक्रम, काठमाडौं । पुरानो राजनीतिक दल त्यागेर अर्को दलमा प्रवेश गरेका १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले सम्बन्धित जनप्रतिनिधिले दल त्याग गरेको विवरण सार्वजनिक गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो। आयोगले सार्वजनिक गरेको सूचनाअनुसार पद गुमाउनेमा दुई जना गाउँपालिका उपाध्यक्ष र आठ जना वडाध्यक्ष रहेका […]
बारा मधेस प्रदेश

भलुहीमा ग्यास बोकेको ट्रकको कहर : मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति भएको उक्त दुर्घटनामा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी र पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्यायको मृत्यु भएको हो। पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत भलुहीस्थित सागर आयल पेट्रोल पम्पनजिक दुर्घटना भएको
बारा मधेस प्रदेश

रवि लामिछानेको सम्मानमा हातमै खोपाए रवि र घन्टीको ट्याटु, शुबास राज भारति बने ‘बिग फ्यान’

जितपुर–सिमरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रतिको सम्मान र समर्थन जनाउने फरक शैली अपनाउँदै जितपुर–सिमरा उपमहानगरपालिका–१८ निवासी शुबास राज भारतिले आफ्नो हातमा रवि लामिछानेको तस्बिरसहित रास्वपाको चुनाव चिह्न घन्टीको ट्याटु खोपाएका छन्। रवि लामिछानेका आफू ठूलो प्रशंसक रहेको बताउने भारतीले लामिछानेप्रतिको आफ्नो समर्थनलाई फरक र स्थायी रूपमा
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });